मंगलबार, असार ३०, २०८३

एसीसी इस्टर्न रिजन टी–२० क्रिकेटमा नेपाल मलेसियासँग पराजित

एसीसी इस्टर्न रिजन टी–२० क्रिकेटमा नेपाल मलेसियासँग पराजित भएको छ।
 |  शनिबार, फागुन १७, २०७६

नेपाल समय

नेपाल समय

शनिबार, फागुन १७, २०७६

काठमाडौं– एसीसी इस्टर्न रिजन टी–२० क्रिकेटमा नेपाल मलेसियासँग पराजित भएको छ।

शनिबार सम्पन्न प्रतियोगिताको आफ्नो पहिलो खेलमा नेपाल मलेसियासँग २२ रनले पराजित भएको हो।

१५५ रनको लक्ष्य पछ्याएको नेपाल १९.५ ओभरमै १३२ रनमा समेटियो। नेपालका लागि कप्तान ज्ञानेन्द्र मल्ल र उपकप्तान दीपेन्द्र सिंह ऐरीले समान ३८ रन जोडे पनि टिमलाई जित दिलाउन सकेनन्। यस्तै, पवन सर्राफले १९ रनको योगदान दिए। अन्य खेलाडीले उल्लेखनीय रन जोड्न सकेनन्।

मलेसियाका लागि सार्भिन मुनिअन्डीले सर्वाधिक ४ विकेट लिए। ३.५ ओभर बलिङ गरेका उनले १३ रन मात्रै खर्चिए। यस्तै, पभवदीप जगजित सिंह, सार्जुल इजात इर्दुस र खिजात हायात दुर्रानीले २–२ विकेट लिए।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले निर्धारित ओभरमा ६ विकेट गुमाउँदै १५४ रन जोडेको थियो।

मलेसियाको लागि सियद फजले अर्धशतकीय पारी खेले। ३५ बलको सामना गरेका उनले आफ्नो पारीमा ४ चौका र २ छक्का प्रहार गरे। त्यस्तै, अनवर अरुदिनले ३१ र अहमद फैजले ३० रन जोडे।

बलिङतर्फ नेपालका लागि सन्दीप लामिछानेले सर्वाधिक ३ विकेट लिए। जारी खेलमा सर्वा्धिक किफायती बलिङ गरेका उनले ४ ओभरमा २२ रन मात्रै खर्चिए। यस्तै, अविनाश बोहराले २ तथा करन केसीले १ विकेट चट्काए।

जितसँगै मलेसियाले २ अंक जोडेको छ। नेपालले प्रतियोगिताअन्तर्गत आफ्नो दोस्रो खेल भोलि (आइतबार) हङकङसँग खेल्नेछ।

प्रकाशित: Feb 29, 2020| 15:28 शनिबार, फागुन १७, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।