बुधबार, फागुन २७, २०८२

विश्वकै सुरक्षित दाबी गरिएको जेलबाट यसरी भागे कैदी

इजरायलको सबैभन्दा सुरक्षित मानिने जेलबाट ६ जना कैदी भागेका छन्। ६ जना प्लालेस्टाइनी कैदी इजरायलको गिल्बाआ जेलबाट भागेका हुन्।
 |  मंगलबार, भदौ २२, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ २२, २०७८

काठमाडौं– इजरायलको सबैभन्दा सुरक्षित मानिने जेलबाट ६ जना कैदी भागेका छन्। ६ जना प्लालेस्टाइनी कैदी इजरायलको गिल्बाआ जेलबाट भागेका हुन्। 

National life

उनीहरूले लामो समयदेखि सडकतर्फ निस्किने दिशामा सुरुङ खनिरहेका थिए। इजरायली अधिकारीका अनुसार उनीहरू रातिको समयमा भागेका हुन्। 

फिल्मी शैलीमा आफ्नो देशका कैदी भागेको सुनेपछि प्यालेस्टाइनीहरूले खुशी मनाइरहेका छन्। केही किसानले खेत हुँदै भागिरहेको अवस्थामा कैदीलाई देखेपछि मात्रै इजरायली अधिकारीहरूले उनीहरू फरार भएको थाहा पाएका थिए। फरार हुने कैदीमध्ये पाँच जना इस्लामिक जिहादका सदस्य र एक जना प्यालेस्टाइनी चरमपन्थी संगठनका अल अक्सा मार्टर्स ब्रिगेडका पूर्वनेता भएको बताइएको छ।

इजरायली जेल सेवाका एक अधिकारीले यस घटनालाई ठूलो गुप्तचर कमजोरी भनेका छन्। प्यालेस्टाइनी चरमपन्थी गुटले यसलाई ज्यानै दिनसक्ने हिमम्तका रूपमा परिभाषित गरेको छ। 

किसानहरूले केही संन्दिग्ध व्यक्तिहरू खेतमा भागिरहेको देखेपछि उत्तरी इजरायलमा हंगामा मच्चिएको थियो। 

Laxmi sunrise bank
kumari

प्यालेस्टाइनी कैदीहरूले आफूले प्रयोग गर्ने शौचालयबाट सुरुङ खनेका थिए। 

टाइम्स अफ इजरायलका अनुसार भागेका ६ मध्ये पाँच जनालाई इजरायली नागरिकमाथि घातक हमला गरेको अभियोगमा जन्मकैदको फैसला सुनाइएको थियो र एक जना हत्याका साथै अन्य दुई दर्जन अपराधमा सामेल रहेको अभियोगमा समातिएका थिए।

प्यालेस्टाइनी सुरक्षा प्रहरी र सेनाले उनीहरूलाई फरार हुनबाट रोक्नका लागि सडक अवरुद्ध पारेको छ। इजरायली प्रधानमन्त्री नफ्याली बेनेटले सार्वजनिक सुरक्षा मन्त्री अमर बरलेवसँग यस विषयमा कुरा गरेका छन्।

इस्लामिक जिहाद समूहले कैदी भागेको घटनालाई निकै साहसिक भन्दै यसले इजरायलको सुरक्षा प्रणालीमा धक्का लाग्ने दाबी गरेको छ। 

यस्तै प्यालेस्टाइनी संगठन हमासका प्रवक्ताले यसलाई ठूलो जितको संज्ञा दिएका छन्। उनले आफ्ना बहादुर सैनिकको इच्छा र दृढतालाई दुश्मनको जेलले पनि रोक्न नसकेको प्रतिक्रिया दिएका छन्। समाचार एजेन्सी रोयटर्सका अनुसार गाजामा इस्लामिक जिहादको समर्थनमा सडकमा आएमा मानिसहरूलाई चकलेट बाँडिएको छ।

बीबीसी


प्रकाशित: Sep 07, 2021| 13:01 मंगलबार, भदौ २२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।