मंगलबार, असार ३०, २०८३

रियल मड्रिड म्यान्चेस्टर सिटीसँग पराजित

स्पोनिस जाएन्ट रियल मड्रिड च्याम्पियन्स लिगअन्तर्गत बुधबारराति भएको खेलमा इंग्लिस क्लब म्यान्चेस्टर सिटीसँग पराजित भएको छ।
 |  बिहीबार, फागुन १५, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन १५, २०७६

एजेन्सी- स्पोनिस जाएन्ट रियल मड्रिड च्याम्पियन्स लिगअन्तर्गत बुधबारराति भएको खेलमा इंग्लिस क्लब म्यान्चेस्टर सिटीसँग पराजित भएको छ।

मड्रिडको घरेलु मैदान सान्टियागो बर्नाबेउमा सम्पन्न खेलमा ऊ प्रिमियर क्लबसँग १-२ को गोलअन्तरले पराजित भएको हो।

खेलेको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। दोस्रो हाफमा रियलले गोल गर्दै सुरुवाती अग्रता बनायो। उसका लागि स्कोले गोल गरेर खेलको ६० मिनेटमा अग्रता दिलाएका थिए।

तर रियलको अग्रता धेरै समय टिक्न सकेन। ७८ औं मिनेटमा सिटीका ग्याब्रियल जेससले गोल गर्दै खेललाई बाराबरीमा ल्याए।

खेलको ८२ औं मिनेटमा कार्भान्जेलले आफ्नै डि बक्समा स्टालिङलाई लडाएपछि रिटीले पेनाल्टी पाएको थियो। सो पेनाल्टीमा पाएको अवसरको सदुपयोग गर्दै उसका केभिन डे ब्रुटले गोल गरे।

घरेलु मैदानमा १–२ गोलले पछि परेको रियलका कप्तान रामोसले खेलको ८५ औं मिनेटमो रेड कार्ड खाँदै बाहिरिँदा रियल दबाबमै थियो।

यी टोलीको दोस्रो लेगको खेल मार्च १८ मा सिटीको घरेलुमैदानमा हुने छ।

 

प्रकाशित: Feb 27, 2020| 09:03 बिहीबार, फागुन १५, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।