मंगलबार, असार ३०, २०८३

इस्टर्न रिजन टी-२० खेल्ने नेपाली टोलीको बिदाइ

नेपाल क्रिकेट एसोसिएसन(क्यान)ले एसीसी इस्टर्न रिजन पुरुष टी-२० कप खेल्न थाइल्यान्ड जाने नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई बिदाइ गरेको छ। बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच टोलीको बिदाइ गरिएको हो।
 |  बुधबार, फागुन १४, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, फागुन १४, २०७६

काठमाडौं – नेपाल क्रिकेट एसोसिएसन(क्यान)ले एसीसी इस्टर्न रिजन पुरुष टी-२० कप खेल्न थाइल्यान्ड जाने नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई बिदाइ गरेको छ। बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच टोलीको बिदाइ गरिएको हो।

क्यानका सचिव अशोकनाथ प्याकुरेल र राखेपका सदस्य सचिव रमेशकुमार सिलवालले खेलाडीलाई बिदाइ गरेका हुन्।

कार्यक्रममा सदस्य सचिव सिलवालले यो टुर्नामेन्टमा संवेदनसिल भएर खेल्न खेलाडीलाई आग्रह गरे। उनले भने, 'यो टुर्नामेन्टले एसिया कप खेलाउँछ भन्ने लागेको छ। खेलमा हामी हावी हुनेछौं। तर, हरेक खेल महत्वपूर्ण हुन्छ। त्यसैले खेलाडीलाई हेल्चक्राइ नगर्न अनुरोध पनि गर्दछु।' नयाँ तथा पुराना खेलाडी सबै राम्रो लयमा रहेकाले नेपालले राम्रो गर्ने उनले बताए। सिलवालले क्यानले चाहेमा एउटा स्टेडियम पनि बनाउन राखेपले काम अघि बढाउने बताए।

सचिव प्याकुरेलले आउँदो टुर्नामेन्ट एसिया कपमा जाने बाटो भएकाले महत्त्वपूर्ण रहेको बताए।

नेपाली राष्ट्रिय टोलीका १४ सदस्य बिहीबार थाइल्यान्ड प्रस्थान गर्दैछन्। खेलाडीलाई जगत टमाटाले प्रशिक्षण दिइरहेका छन्।

इस्टर्न रिजनमा नेपाल, थाइल्यान्ड, मलेसिया, सिंगापुर र हङकङले प्रतिस्पर्धा गर्नेछन्। नेपालबाहेक कुनै एसोसिएट राष्ट्र प्रतियोगितामा छैनन्। जसकारण यी सबै टोलीको तुलनामा नेपाल केही बलियो छ।

नेपाली टोली

ज्ञानेन्द्र मल्लको कप्तानीमा घोषणा गरिएको टिममा उपकप्तानमा दिपेन्द्र सिंह ऐरी, पारस खड्का, आरिफ शेख, बिनोद भण्डारी, सन्दीप लामिछाने, करण केसी, अभिनाश बोहरा, कुशल मल्ल, पवन सरार्फ, सुशन भारी, किशोर महतो, भुवन कार्की र सन्दीप जोरा रहेका छन्।

प्रकाशित: Feb 26, 2020| 18:28 बुधबार, फागुन १४, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।