सोमबार, चैत ९, २०८२

सरस्वतीका कप्तान दिपेशलाई दुई वर्षको प्रतिबन्ध

अखिल नेपाल फुटबल संघ (एन्फा)ले सरस्वती क्लबका कप्तान दिपेश श्रेष्ठलाई दुई वर्षको प्रतिबन्ध लगाएको छ।
 |  बुधबार, फागुन १४, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, फागुन १४, २०७६

काठमाडौं - अखिल नेपाल फुटबल संघ (एन्फा)ले सरस्वती क्लबका कप्तान दिपेश श्रेष्ठलाई दुई वर्षको प्रतिबन्ध लगाएको छ। शहीद स्मारक ए डिभिजन लिग अन्तर्गत सरस्वती युवा क्लब र हिमालयन शेर्पा क्लबबीचको खेलमा प्रतियोगिता नियमावली विपरित कार्य गरेको भन्दै उनलाई प्रतिबन्ध लगाइएको एन्फाले जनाएको छ।

National life

प्रतियोगिताको नियमावली २१(७) विपरित कार्य गरेकोले श्रेष्ठलाई एन्फाले सञ्चालन गर्ने तथा एन्फाको स्वीकृती प्राप्त प्रतियोगितामा दुई वर्षका लागि प्रतिबन्ध लगाइएको हो। साथै उनलाई पचास हजार जरिवानासमेत लगाइएको छ।

उक्त खेलमा सरस्वतीले हिमालयन शेर्पा क्लबलाई ४-३ ले पराजित गरेको थियो। सरस्वती रेलिगेसनमा परेको टोली हो।

एन्फाले हिमालयन शेर्पा क्लबका टिम म्यानेजर विजेन्द्र पुडासैनीलाई पनि जरिवानासहित प्रतिबन्ध लगाएको छ भने हिमालयन शेर्पा क्लबका गोलकिपर प्रशिक्षकलाई कडा चेतावनीसहितको पत्र पठाएको छ। उनलाई एकपटकलाई सुध्रने मौका दिइएको छ। पुडासैनीलाई भने तीस हजार जरिवाना तथा तीन महिना प्रतिबन्धको सजाए सुनाइएको छ।

प्रकाशित: Feb 26, 2020| 17:48 बुधबार, फागुन १४, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।