मंगलबार, असार ३०, २०८३

युभेन्टस र मिलानबीचको खेल खाली स्टेडियममा हुने

कोरोनाभाइरसको प्रभाव दखिएका कारण इटालीका केही ठूला फुटबल खेल दर्शकको अनुपस्थितिमा हुने भएका छन्।
 |  बुधबार, फागुन १४, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, फागुन १४, २०७६

एजेन्सी- कोरोनाभाइरसको प्रभाव दखिएका कारण इटालीका केही ठूला फुटबल खेल दर्शकको अनुपस्थितिमा हुने भएका छन्।

भाइरसको प्रभाव बढ्दै गएकाले इटालीको सरकारले खेलमा दर्शकको आगमनलाई बन्द गर्ने निर्णय गरेको हो।

इटालीका खेलमन्त्री विनसेन्जी स्पाडाफोराले क्याबिनेट बैठकपछि यस्तो बताए।

उनले भने, ‘कोविड–१९ को संक्रमितको संख्या लगातार बढिरहेको छ। उत्तरी इटलीको ६ सहरमा पहिलाबाटै खेल आयोजना बन्द भएका छन्।

यसकारण हामीले स्टेडियममा फ्यानको इन्ट्री बन्द गरेका हौँ।’ तर खेलमन्त्रीले कति खेलका लागि दर्शकलाई प्रतिबन्ध लगाउने बारे भने केही बोलेका छैनन्।

कोरोनाभाइरस प्रभावित एत्तरी इटालीमा लिगको ६ खेल हुन बाँकी छ। जसमा आइतबार युभेन्टस र लिगको तेस्रो नम्बरमा रहेका इन्टर मिलानको खेल पनि सामेल छ।

इन्टर मिलानले पनि आफ्नो खेलमा दर्शकको इन्ट्री बन्द गरिने एक विज्ञप्तिमार्फत बताएको छ।

क्लबले सरकारको आदेशको पालना गर्दै यूइएफए, लोम्बार्डीको क्षेत्रीय स्वास्थ्य अधिकारी र मिलान सिटी काउन्सिलसँगको सहयोगमा फ्यानलाई प्रवेश निषेध गरको बताएको हो।

हालसम्म इटालीमा ३२५ जनामा संक्रमण भेटिइसकेको छ भने ११ जनाको मृत्युसमेत भइसकेको छ।

प्रकाशित: Feb 26, 2020| 15:16 बुधबार, फागुन १४, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।