मंगलबार, असार ३०, २०८३

हेथरको शतकमा इंग्ल्यान्डको सानदार जित

अस्ट्रेलियामा जारी आईसीसी टी–२० महिला विश्वकपअन्तर्गत आज(बुधबार) सम्पन्न खेलमा इंग्ल्यान्डले थाइल्यान्डलाई पराजित गरेको छ।
 |  बुधबार, फागुन १४, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, फागुन १४, २०७६

अस्ट्रेलिया– अस्ट्रेलियामा जारी आईसीसी टी–२० महिला विश्वकपअन्तर्गत आज(बुधबार) सम्पन्न खेलमा इंग्ल्यान्डले थाइल्यान्डलाई पराजित गरेको छ।

मनुका ओभल स्टेडियम क्यानबेरामा टस हारेर ब्याटिङको निम्तो पाएको इंग्ल्यान्डले थाइल्यान्डलाई लाई ९८ रनले हराएको हो।

जारी सिजनमा अहिलेसम्मकै उच्च १७७ रनको लक्ष्य पछ्याएको थाइल्यान्ड ७८ रनमा समेटियो।

थाइल्यान्डकी ओपनर नत्ताकेन चन्तमले ३२ रन बनाइन् भने नन्नापट कोन्चरोनिकेइले १२ रनको योगदान दिइन्। नरुइमोल चैवाइले १९ रन बनाइन्। अन्य कुनै खेलाडीले उल्लेखनीय प्रदर्शन गर्न सकेनन्।

इंग्ल्यान्डकी अन्या सुर्बुसोलले तीन विकेट लिइन्। नताली स्किभरले २ तथा साफी एलेस्टोनले १ विकेट लिइन्।

त्यसअघि इंग्ल्यान्डले निर्धारित २० ओभरमा दुई विकेटको क्षतिमा १७६ रन जोडेको थियो। इंल्यान्डका लागि कप्तान हेथर नाइटले शतकीय पारी खेलिन्। उनले ६६ बलमा १३ चौका र ४ छक्काका साथ अविजित १०८ रन बनाइन्।

त्यस्तै, नताली स्किभरले अर्धशतकीय पारी खेलिन्। उनी ५२ बलमा ८ चौकाका साथ ५९ रन बनाउँदै अविजित रहिन्।

इंग्ल्यान्डका ओपनरद्वय एमी जोन्स र दान्नी व्याटले रन जोड्न सकेनन्।

थाइल्यान्डका लागि नत्ताया बुचत्थाम र सोरया लाटेहले समान १ विकेट लिए।

जारी प्रतियोगितामा पहिलो जित निकालेको इग्ल्यान्ड समूह ‘बी’मा शीर्ष स्थानमा छ। उसको २ अंक छ। समान अंक बटुलेका वेस्ट इन्डिज र दक्षिण अफिका क्रमशः दोस्रो र तेस्रो स्थानमा छन्। उनीहरू रनरेटका आधारमा दोस्रो र तेस्रो स्थानमा छन्।

सोही समूहमा रहेका थाइल्यान्ड र पाकिस्तान अंकविहिन छन्। थाइल्यान्डले दुई खेल खेल्दा पाकिस्तानले खेल खेलेको छैन।

प्रकाशित: Feb 26, 2020| 13:18 बुधबार, फागुन १४, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।