बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • राष्ट्रपतिको स्वागतमा पाटन नगरपालिकाले दियो सार्वजनिक बिदा

राष्ट्रपतिको स्वागतमा पाटन नगरपालिकाले दियो सार्वजनिक बिदा

राष्ट्रपति विद्यादेवी भण्डारीको भ्रमणका अवसरमा पाटन नगरपालिकाले भोलि (बिहीबार) सार्वजनिक बिदा दिने निर्णय गरेको छ।
 |  बुधबार, फागुन १४, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, फागुन १४, २०७६

बैतडी– राष्ट्रपति विद्यादेवी भण्डारीको भ्रमणका अवसरमा पाटन नगरपालिकाले भोलि (बिहीबार) सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

नगर कार्यपालिकाको बैठकले राष्ट्रपतिको भ्रमणका अवसरमा उनको स्वागतका लागि बिहीबार सार्वजनिक बिदा दिने निर्णय गरेको प्रवक्ता लोकबहादुर भण्डारीले बताए।

राष्ट्रपति भण्डारी बुधबार सुदूरपश्चिमका विभिन्न जिल्लाको भ्रमण गर्दैछिन्।

उनले बिहीबार बैतडीस्थित त्रिपुरासुन्दरी भगवती दर्शन गर्ने कार्यक्रम रहेको छ। यस्तै, राष्ट्रपति भण्डारीले पाटनस्थित भीमदत्त पोलिटेक्निक इन्स्च्यिुटको नवनिर्मित भवन र छात्रावास भवनको उद्घाटनसमेत गर्नेछिन्।

राष्ट्रपतिलाई बैतडीमा नागरिक अभिनन्दन र स्वागत गर्ने कार्यक्रमसमेत तय गरिएको प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले बताए।

प्रकाशित: Feb 26, 2020| 09:36 बुधबार, फागुन १४, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।