मंगलबार, असार ३०, २०८३

नापोलीसँग बराबरीमा रोकियो बार्सिलोना

ला लिगा च्याम्पियन बार्सिलोना च्याम्पियन्स लिगअन्तर्गत मंगलबार राति भएको खेलमा नापोलीसँग बराबरीमा रोकिएको छ।
 |  बुधबार, फागुन १४, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, फागुन १४, २०७६

बार्सिलोना– ला लिगा च्याम्पियन बार्सिलोना च्याम्पियन्स लिगअन्तर्गत मंगलबार राति भएको खेलमा नापोलीसँग बराबरीमा रोकिएको छ।

बार्सिलोना घरेलु टोली नापोलीसँग पहिलो लेगको खेलमा १–१ को बराबरीमा रोकिएको हो।

सन पाओलो स्टेडियममा भएको खेलमा नापोलीले सुरुवाती अग्रता बनाएको थियो। खेलको ३० औं मिनेटमा ड्राइज मेर्टिन्सले नापोलीका लागि पहिलो गोल गरे। उनको गोलमा अग्रता बनाएको नापोली पहिलो हाफमा १ गोलले अगाडि रह्यो।

दोस्रो हाफमा बार्सिलोनाका लागि एन्टोनी ग्रिजम्यानले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए। उनले खेलको ५७ औं मिनेटमा गरेको गोलसँगै खेल १–१ को बराबरीमा पुग्यो।

खेलको ८९ मिनेटमा बार्सिलोनाका रक्षक अर्थुरो भिडाल बाहिरिएपछि बार्सलोना १० खेलाडीमा सीमित भएको थियो। उनी दोहोरो पहेँलो कार्ड खाँदै बाहिरिएका थिए।

राउन्ट १६ को रिटर्न खेलमा बार्सिलोना र नापोली मार्च १८ मा क्याम्प नोउमा भिड्ने छन्।  

प्रकाशित: Feb 26, 2020| 09:01 बुधबार, फागुन १४, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।