मंगलबार, असार ३०, २०८३

बायर्नसँग चेल्सी पराजित

युरोपियन च्याम्पियन्स लिगअन्तर्गत बुधबार राति सम्पन्न खेलमा इंग्लिस क्लब चेल्सी पराजित भएको छ।
 |  बुधबार, फागुन १४, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, फागुन १४, २०७६

लन्डन– युरोपियन च्याम्पियन्स लिगअन्तर्गत बुधबार राति सम्पन्न खेलमा इंग्लिस क्लब चेल्सी पराजित भएको छ।

जर्मनी क्लब बायर्नसँग पहिलो लेगको खेलमा चेल्सी ३–० को फराकिलो गोलअन्तरले पराजित बनेको हो।

चेल्सीको घरेलु मैदान स्टेमफर्ड ब्रिज स्टेडियममा सम्पन्न खेलको पहिलो हाफ दुवै टोलीबाट गोल हुन नसकेपछि गोलरहित बराबरीमा रोकिएको थियो। तर, दोसो हाफमा बायर्नले तीन गोल गोल गर्‍याे।  

बायर्नको जितका लागि सार्ज नाब्रिले दुई र रोवर्ट लेवान्डोस्कीले एक गोल गरे। नाब्रिले खेलको ५१ औं मिनेटमा गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाए। पहिलो गोलको तीन मिनेटलगत्तै उनले व्यक्तिगत दोस्रो गोल गरेर अग्रतालाई दोब्बर बनाए। खेलको ७६ औं मिनेटमा बायर्नका लेवान्डोस्कीले गोल गर्दै टिमलाई ३–० को जित दिलाए।

दोस्रो हाफको सुरुबाटै दबाबमा आएको चेल्सी खेलमा फर्कनै पाएन। चेल्सीले खेलको ८३ औं मिनेटमा त एक खेलाडीसमेत गुमाउन पुग्यो।

भिएआरको सहायताले रेफ्रीले मार्कास एलोन्सोलाई रातो कार्ड दिएपछि चेल्सी १० खेलाडीमा सीमित भएको थियो।

दोस्रो लेगको खेलमा बायर्न र चेल्सी एलिनाज एरियाना स्टेडियममा मार्च १९ मा क्वारफाइनलका लागि प्रतिस्पर्धा गर्ने छन्।

प्रकाशित: Feb 26, 2020| 08:51 बुधबार, फागुन १४, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।