आइतबार, चैत १, २०८२

दिल्ली प्रेस कन्फ्रेन्समा ट्रम्पले के भने ?

पत्रकार सम्मेलनमा उनले कश्मीर, पाकिस्तान, विश्व व्यापार, कोरोना भाइरसदेखि दिल्लीमा जारी हिंसा र नागरिकता संशोधन क़ानून जस्ता मुद्दाबारे पनि मुख खोले ।
 |  मंगलबार, फागुन १३, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, फागुन १३, २०७६

दिल्ली-  म‌ंगलबार अपराह्न ३६ घण्टे भारत भ्रमण टुंग्याउँदै गर्दा दिल्लीमा आयोजित पत्रकार सम्मेलनमा अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले आफू भारत र पाकिस्तानबीच मध्यस्थता गर्न इच्छुक रहेको बताएका छन्।

National life

पत्रकार सम्मेलनमा उनले कश्मीर, पाकिस्तान, विश्व व्यापार, कोरोना भाइरसदेखि दिल्लीमा जारी हिंसा र नागरिकता संशोधन क़ानून जस्ता मुद्दाबारे पनि मुख खोले ।

उनले कश्मीर मामिलामा भारत र पाकिस्तानबीच अमेरिकी मध्यस्थताको प्रस्ताव समेत गरेका छन्।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको वार्तापछि आयोजित पत्रकार सम्मेलनमा उनले मोदीलाई शानदार नेताको उपमा दिए।
ट्रंपले तालिबानसँग अमेरिकी शांति समझौताबारे गरिएको प्रश्नमा भने, ‘हो, मैले यसबारे पीएम मोदीसँग कुरा गरें। मलाई लाग्छ यो सम्झौताबाट भारतमात्र होइन सबै खुशी छन्।'

उनले दिल्लीमा जारी हिंसा र नागरिकता संशोधन कानूनबारे भने, ‘हामीले धार्मिक स्वतंत्रताको कुरा गर्यौं। पीएम मोदी पनि धार्मिक स्वतंत्रताको पक्षमा हुनुहुन्छ। भारतले धार्मिक स्वतंत्रताका लागि निकै मेहनत गरेको छ।’

Laxmi sunrise bank
kumari

उनले नागरिकता सम्बन्धी नयाँ कानुन भारतको आन्तरिक मामिला भएको र यसबारे केही टिप्पणी नगर्ने बताए। उनले भने, 'भारतले आफ्ना नागरिकका लागि सही निर्णय लिनेछ।'

दिल्लीमा जारी हिंसाबारे आफूले सुने पनि प्रधानमन्त्री मोदीसँग यसबारे यसबारे कुनै चर्चा नभएको उनको भनाई थियो।

उनले आतंकवादमाथि नियन्त्रणका लागि आफूले गरेजति कसैले पनि काम नगरेको दाबी गरे। उनले भने, 'रुस, सीरिया र ईरानले यससम्बन्धमा धेरै काम गर्नुपर्छ।'

उनले मोदीसँग पाकिस्तानका बारे कुरा भएको भन्दै थपे, 'मेरो पाकिस्तानी प्रधानमन्त्री इमरान खानसँग राम्रो समीकरण छ, उहाँले सीमा पार आतंकवादलाई नियन्त्रणमा लिन काम गरिरहनुभएको छ।’

झण्डै आधा घण्टा लामो मिडिया ब्रिफिङ्गमा धेरै समय आफ्नै कार्यकालको बखान गर्दै बिताएका ट्रम्पले व्यापार सम्बन्धमा भारतले अमेरिकासँग उचित व्यवहार गर्नु पर्ने बताए।

उनले आगामी ५० देखि १०० वर्षमा भारतको विश्वमा ठूलो भूमिका हुने र भारतको भविष्य शानदार हुने पनि बताएका थिए।

 

प्रकाशित: Feb 25, 2020| 19:58 मंगलबार, फागुन १३, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।