सोमबार, चैत ९, २०८२

विश्व ११ विरुद्ध खेल्दै सन्दीप

सन्दीप लामिछानेले विश्व ११ विरुद्ध खेल्ने भएका छन्। बंगलादेश क्रिकेट बोर्डको आयोजनामा हुने विश्व ११ विरुद्ध एसिया ११ मा नेपाली स्पिनर सन्दीप लामिछानेले एसिया ११ बाट खेल्ने भएका हुन्।
 |  मंगलबार, फागुन १३, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, फागुन १३, २०७६

काठमाडौं - सन्दीप लामिछानेले विश्व ११ विरुद्ध खेल्ने भएका छन्। बंगलादेश क्रिकेट बोर्डको आयोजनामा हुने विश्व ११ विरुद्ध एसिया ११ मा नेपाली स्पिनर सन्दीप लामिछानेले एसिया ११ बाट खेल्ने भएका हुन्।

National life

बंगलादेश क्रिकेट बोर्डले मंगलबार एसिया-११ का १४ सदस्यीय खेलाडीको घोषणा गरेको हो। एसियाली देशका खेलाडी समावेश गरिएको एसिया ११ मा सन्दीपसहित भारतका कप्तान विराट कोहली, केएल राहुल, शिखर धवन, रिशभ पन्त, मोहम्मद सामी, कुलदिप यादवलगायत छन्। यस्तै तमिम इक्वाल, लिन्टन दाश, मुस्फिजुर रहिम, थिसारा पेरेरा, रासिद खान, मुस्ताफिजुर रहमान, लसिथ मालिंगा, मुजिब उर रहमान रहेका छन्।

यस्तै फाप डुप्लेसिसले कप्तानी गर्ने विश्व-११ को टिमका अन्य सदस्यमा क्रिस गेल, एलेक्स हेल्स, निकोलस पुरन, रोस टेलर, जोनी बेयरस्टो, केइरन पोलार्ड, आदील राशिद, शेल्डन कट्रेल, लुंगी नेग्दी, एण्ड्रिउ टाइ र मिचेल मेक्लेनेघन रहेका छन्।

खेल मार्च १८ र २१ मा ढाकामा हुनेछ।

प्रकाशित: Feb 25, 2020| 16:41 मंगलबार, फागुन १३, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।