सोमबार, मंसिर १०, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

पुरस्कारले कृषकमा थपियो उत्साह

गण्डकीका प्रदेश सरकारले प्रदेशका उत्कृष्ट पशुपंछीपालक कृषक तथा उत्कृष्ट कृत्रिम गर्भाधानकर्ताहरुलाई पुरस्कृत गरेको छ।
 |  मंगलबार, भदौ २२, २०७८
nespernesper

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ २२, २०७८

काठमाडौं- गण्डकीका प्रदेश सरकारले प्रदेशका उत्कृष्ट पशुपंछीपालक कृषक तथा उत्कृष्ट कृत्रिम गर्भाधानकर्ताहरुलाई पुरस्कृत गरेको छ। गण्डकी प्रदेशको भूमि व्यवस्था, कृषि, सहकारी तथा गरिबी निवारण मन्त्रालयअन्त्ररगतको पशुपंछी तथा मत्स्य विकास निर्देशनालयले प्रदेशभरका पशुपन्छीपालक कृषकमध्ये १० उत्कृष्ट कृषकलाई पुरस्कृत गरेको हो। 

triton college

त्यसबाहेक निर्देशनालयले प्रदेशका ९ वटा जिल्लामा कार्यरत कर्मचारीमध्ये कृत्रिम गर्भाधानकर्ताहरुलाई जनही २० हजारसहित ताम्रपत्रले सम्मान गरेको छ।प्रदेशले १० विधामा उत्कृष्ट कृषकलाई नगदसहित पुरस्कृत गरेको हो। पुरस्कृत हुनेहरुमा गाई, भैंसीपालनतर्फ बागलुङको श्रीकृष्ण गाईभैंसी फर्मका सञ्चालक कृष्णप्रसाद पौडेल तथा चौरीपालनतर्फ एस चौरीपालन उद्योग मनाङका सुरेश थकाली उत्कृष्ट भए।

साथै, बाख्रापालनतर्फ कास्कीको नयाँगाउँ बाख्रा फर्मका सञ्चालक दुर्गादत्त पौडेल, भेडा तथा चौरीपालनतर्फ द बुकी भेडापालन व्यवसायका सञ्चालक विनोदप्रसाद तुलाचन उत्कृष्ट घोषित भए।यसैगरी, बंगुरपालनतर्फ कास्कीको पोखरामा सञ्चालित नेपाल लाइभस्टक एन्ड रिसर्च सेन्टर प्रालिका सञ्चालिका सरस्वती बस्ताकोटी, मासुका लागि कुखुरापालनतर्फ कास्कीको बाराही पोल्टी फर्मका सञ्चालक राजु थापा उत्कृष्ट भए।

ट्राउट माछापालनतर्फ कास्कीको माछापुच्छ्रे ट्राउट फर्मकी सञ्चालिका सीता गुरुङ, कार्प माछापालनतर्फ तनहुँको धौलागिरी कृषि तथा पशु फर्मका सञ्चालक सुदीपकृष्ण श्रेष्ठ र घाँसखेतीतर्फ श्रीकमलिका कृषि प्रालिका सञ्चालक कृष्णप्रसाद धिताल उत्कृष्ट कृषक धोषित भएका छन्।

प्रदेशले कास्कीका किमलाल रानाभाट, स्याड्जाका हिरामणि ढकाल, पर्वतका नारायणप्रसाद आचार्य, बागलुडका कृष्णप्रसाद पौडेल, तनहुँका विनोद बानिया, लमजुङका अमृत अधिकारी, गोरखाका सुदीप विक र नवलपरासीका नागेन्द्र शाहलाई उत्कृष्ट कृत्रिम गर्भाधानकर्ता घोषणा गर्दै पुरस्कृत गरेको छ। उत्कृष्ट कृतिम गर्भाधानकर्तामध्धे नागेन्द्र शाह सर्वोत्कृष्ट गर्भाधानकर्ता धोषित भए।

Metro Mart
vianet

प्रदेशले उत्कृष्ट कृषक तथा उत्कृष्ट कृत्रिम गर्भाधानकर्तालाई जनही २० हजारसहित ताम्रपत्रले पुरस्कृत गरेको छ। सर्वोत्कृष्ट कृतिम गर्भाधानकर्तालाई  नगदसहित सम्मान गरिएको पशुपंछी तथा मत्स्य विकास निर्देशनालय गण्डकी प्रदेशका निर्देशक डा. मनबहादुर पुनले बताए।

पुरस्कृतलाई गण्डकी प्रदेशको भूमि व्यवस्था, कृषि, सहकारी तथा गरिबी निवारण मन्त्रालयकी सचिव सवनम शर्मा, पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय गण्डकी प्रदेशका निर्देशक डा. मनबहादुर पुन, कृषि विकास निर्देशनलय पोखरा प्रमुख बासु रेग्मीलगायतले पुरस्कृत गरेका थिए।

प्रकाशित: Sep 07, 2021| 10:40 मंगलबार, भदौ २२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।