मंगलबार, असार ३०, २०८३

लिभरपुलको कीर्तिमानी जित

लिग लिडर लिभरपुलले प्रियिमर लिगमा कीर्तिमानी जित हात पारेको छ। उसले सोमबार राति वेस्टह्यामलाई ३–२ले पराजित गरेको हो।
 |  मंगलबार, फागुन १३, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, फागुन १३, २०७६

काठमाडौं– लिग लिडर लिभरपुलले प्रियिमर लिगमा कीर्तिमानी जित हात पारेको छ। उसले सोमबार राति वेस्टह्यामलाई ३–२ले पराजित गरेको हो।

जारी सिजनमा अपराजित रहेको लिभरपुलले लगातार १८ जितको कीर्तिमान बराबरी गरेको हो। यसअघि यो कीर्तिमान म्यान्चेस्टर सिटीले कायम गरेको थियो। 

म्यानचेस्टर सिटीले सन् २०१७ अगस्टदेखि डिसेम्बरसम्म १८ खेलमा लगातार जित निकालेर कीर्तिमान कायम गरेको थियो।

लिभरपुलले गत अक्टोबरमा म्यान्चेस्टर युनाइटेडसँग १–१ गोलको बराबरी खेलेयता लगातार १८ खेल जितेको हो।

लिभरपुलका लागि खेलको ९ औं मिनेटमा जर्जिन्हो विजनाल्डमले गोल गर्दै सुरुवाती अग्रता दिलाए। त्यसको तीन मिनेटपछि वेस्टह्यामका इस्सा डिपले गोल गर्दै खेल बराबरी गरे।

खेलको ५७ औं मिनेटमा पाब्लो फोर्नाल्सको गोल गरेपछि वेस्टह्यामले २–१ को अग्रता बनायो। तर, ६८ औं मिनेटमा मोहमद सलाहाले खेल बराबरी गरे। खेलको ८१ औं मिनेटमा साडियो मानेले गोल गर्दै लिभरपुललाई ३–२ को जित दिलाए।

जितपछि लिभरपुलले लिगमा २२ अंकको अग्रता बनाएको छ। उसको २७ खेलबाट ७९ अंक छ। समान खेलबाट ५७ अंकसहित साविक विजेता म्यानचेस्टर सिटी दोस्रोमा छ।

प्रकाशित: Feb 25, 2020| 08:19 मंगलबार, फागुन १३, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।