मंगलबार, असार ३०, २०८३

महिला विश्वकपमा अष्ट्रेलियाको पहिलो जित

सातौँ संस्करणको आइसिसी टी–२० महिला विश्वकपमा साविक विजेता अष्ट्रेलियाले पहिलो जित निकालेको छ।
 |  सोमबार, फागुन १२, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, फागुन १२, २०७६

एजेन्सी- सातौँ संस्करणको आइसिसी टी–२० महिला विश्वकपमा साविक विजेता अष्ट्रेलियाले पहिलो जित निकालेको छ।

पर्थ स्टेडियममा सम्पन्न खेलमा आयोजक अष्ट्रेलियाले श्रीलंकालाई ५ विकेटले हराउँदै पहिलो जित निकालेको हो।

टस जितेर ब्याटिङ रोजेको श्रीलंकाले पुरा ओभर खेल्दै ६ विकेटको क्षतिमा १२२ रन बनाएको थियो। १२३ रनको लक्ष्य पछ्याएको आयोजक टोलीले १९.३ ओभर खल्दै पाँच विकेटकै क्षतिमा लक्ष्य पुरा गर्यो।

श्रीलंकका लागि कप्तान चमारी अटपट्टूले ५० रनको अर्धसतकीय पारी खेलिन्। साथै उमेशा थिमासिनीले २० रनको योगदान दिँदा अनुस्का सन्जिवनीले २५ रन बनाइन्। खेलमा निलाक्षी डे सिल्वाले १८ रन बनाउनु बाहेक अन्य खेलाडीले सम्झनयोग्य प्रदर्शन गरेनन्।

उता, अष्ट्रेलियाका लागि निकोला क्यारी र मोली स्ट्रानोले समान २–२ विकेट लिए। त्यस्तै, एक विकेट लिनेमा मेगन स्चुत र जेस जोनासेन रहे।

जवाफी ब्याटिङमा उत्रिएको अष्ट्रेलियाका लागि राकेल हाइन्सले सर्वा्धिक ६० रनको योगदान दिइन्। उनीसँगै लामो साझेदारी गरेकी कप्तान मेघा लानिनले अविजित ४१ रन बनाइन्। त्यबाहेक अन्य खेलाडीले जोर अंकमा रन बनाउन सकेनन्।

श्रीलंकाका लागि उदेसिका प्रबोधानी र शशिकला सिरिवद्र्धने ले समान एक–एक विकेटको योगदान दिएका थिए।

यो जितसँगै अष्ट्रेलियाले समूह चरणको खेलमा एक जित र एक बराबरीका साथ २ अंक बनाएको छ।

समूह ‘ए’ मा रहेको अष्ट्रेलिया समूहको तेस्रो स्थानमा छ। पहिलो र दोस्रो स्थानमा न्युजिल्यान्ड र भारत रहेका छन् भने बंगलादेशले कुनै खेल नखेली अन्तिम स्थानमा छ।

समूह चरणमो प्रत्येक टोलीले चार खेल खेल्नेछन्।

प्रकाशित: Feb 24, 2020| 17:41 सोमबार, फागुन १२, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।