काठमाडौ - दोस्रो संस्करणको मनोरन्जन शर्मा अवार्डबाट कुल बहादुर थापा र सरस्वती चौधरी सम्मानित भएका छन्। एक वर्षसम्म भलिबलमा सर्वाधिक राम्रो योगदान दिने खेलाडीलाई यो सम्मानद्वारा सम्मानित गरिन्छ।
यो वर्षको अवार्डमा पुरुषतर्फ सम्मानित भएका राष्ट्रिय टिमका उपकप्तान थापा र महिलाकी टोलीकी चौधरीले ३५ हजार प्राप्त गरे। चौधरी चोटका कारण अवार्डमा उपस्थित हुन सकिनन्।
बंगलादेशमा भएको एभिसी सेन्ट्रल जोन वुमन्स भलिबल च्याम्पियनसिपमा सहभागी खेलाडीलाई पनि १०/१० हजारकादरले पुरस्कृत गरिएको थियो। यो पुरस्कार नेपाली टोली बंगलादेशबाट फर्किँदा राष्ट्रिय भलिबलका अध्यक्ष मनोरन्जन रमण शर्माले एयरपोर्टमै घोषणा गरेका थिए।