बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • पाँच वर्षयता सर्वोत्कृष्ट निजामती कर्मचारी नै भेटिएनन्

पाँच वर्षयता सर्वोत्कृष्ट निजामती कर्मचारी नै भेटिएनन्

आज मंगलबार निजामती कर्मचारी दिवस मनाउँदैछ। तर, सरकारले यो पटक पनि सर्वोत्कृष्ट निजामती कर्मचारी भेटेन।
 |  मंगलबार, भदौ २२, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ २२, २०७८

काठमाडौं- आज मंगलबार निजामती कर्मचारी दिवस मनाउँदैछ। तर, सरकारले यो पटक पनि सर्वोत्कृष्ट निजामती कर्मचारी भेटेन।  

मन्त्रिपरिषद्को सोमबारको बैठकले ४० जनालाई निजामती पुरस्कृत गर्ने घोषणा गरे पनि सर्वोत्कृष्ट कर्मचारीको नाम उल्लेख छैन। 

निजामती कर्मचारी दिवसका अवसरमा  १० जनालाई उत्कृष्ट र ३० जनालाई निजामती सेवा पुरस्कार दिइँदैछ। उत्कृष्ट कर्मचारीको पुरस्कार राशी एक लाख र निजामती सेवा पुरस्कार ५० हजार रुपैयाँको रहेको छ।

सरकारले हरेक वर्ष २२ भदौमा निजामती कर्मचारी दिवस मनाउँदै आएको छ।  निजामती सेवा नियमावली २०५० अनुसार निजामती सेवा पुरस्कारको व्यवस्था गरिएको छ। सर्वोत्कृष्टलाई दुई लाख रुपैयाँको पुरस्कार राशी भए पनि छनोट समितिले सर्वोत्कृष्ट कर्मचारी नै सिफारिस गरेको छैन।

कुनै पनि निजामती कर्मचारीले सर्वोत्कृष्ट निजामती सेवा पुरस्कार नपाएको यो लगातार पाँचौ वर्ष हो।

प्रकाशित: Sep 07, 2021| 08:05 मंगलबार, भदौ २२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।