बिहीबार, भदौ ४, २०८३

आज ४० निजामती कर्मचारी पुरस्कृत हुँदै [सूचीसहित]

सरकारले उत्कृष्ट र निजामती सेवा पुरस्कार पाउने ४० कर्मचारीको नाम सार्वजनिक गरेको छ।
 |  मंगलबार, भदौ २२, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ २२, २०७८

काठमाडौं- सरकारले उत्कृष्ट र निजामती सेवा पुरस्कार पाउने ४० कर्मचारीको नाम सार्वजनिक गरेको छ।

गोरखापत्रमा सार्वजनिक सूचना अनुसार आज निजामती कर्मचारी दिवसका अवसरमा १० जना कर्मचारीलाई उत्कृष्ट र ३० जनालाई निजामती सेवा पुरस्कार दिइँदैछ।

यस वर्ष पनि सर्वोत्कृष्ट निजामती कर्मचारी फेला परेका छैनन्। कुनै पनि निजामती कर्मचारीले सर्वोत्कृष्ट निजामती सेवा पुरस्कार नपाएको यो लगातार पाँचौ वर्ष हो।

सरकारले हरेक वर्ष २२ भदौमा निजामती कर्मचारी दिवस मनाउँदै आएको छ। दुई लाख रुपैयाँसहित एक जनालाई सर्वोत्कृष्ट, एक लाख रुपैयाँसहित १० जनालाई उत्कृष्ट र ५० हजार रुपैयाँसहित ३० जनालाई निजामती सेवा पुरस्कार दिइने व्यवस्था भए पनि सर्वोत्कष्ट कर्मचारी सिफारिस गरिएको छैन।

मुख्यसचिवको संयोजकत्वमा रहने सिफारिस समितिले देशभरिबाट प्राप्त नाममध्ये पुरस्कृत हुने निजामती कर्मचारीको नाम सिफारिस गरेको हो। समितिमा संघीय मामिला तथा सामान्य प्रशासन, कानुन मन्त्रालय र नेपाल सरकारले तोकेको नेपाल सरकारको कुनै सचिव र अवकाशप्राप्त पूर्वमुख्यसचिव हुन्छन्।


प्रकाशित: Sep 07, 2021| 07:39 मंगलबार, भदौ २२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।