सोमबार, चैत ९, २०८२

दक्षिण अफ्रिकाद्वारा अस्ट्रेलिया पराजित

दक्षिण अफ्रिकाले घरेलु मैदानमा जारी टी–२० क्रिकेट शृंखलाको दोस्रो खेलमा अस्ट्रेलियालाई पराजित गरेको छ।
 |  सोमबार, फागुन १२, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, फागुन १२, २०७६

पोर्ट एलिजावेथ– दक्षिण अफ्रिकाले घरेलु मैदानमा जारी टी–२० क्रिकेट शृंखलाको दोस्रो खेलमा अस्ट्रेलियालाई पराजित गरेको छ।

National life

पोर्ट एलिजावेथमा आइतबार राति भएको खेलमा दक्षिण अफ्रिकाले अस्ट्रेलियालाई १२ रनले हराएको हो।

१ सय ५९ रनको लक्ष्य पछ्याएको अस्ट्रेलियाले २० ओभरमा ६ विकेट गुमाएर १ सय ४६ रन मात्र बनाउन सक्यो। डेभिड वार्नरले अविजित ६७ रनको अर्धशतकीय पारी खेले पनि टोलीलाई जित दिलाउन सकेनन्।

यस्तै, स्टिभ स्मिथले २९ रनकाे याेगदान दिँदा आरोन फिन्च र एलेक्स केरीले समान १४ रन बनाए ।

बलिङतर्फ दक्षिण अफ्रिकाका लुंगी नेग्दीले सर्वाधिक ३ विकेट लिए ।

Laxmi sunrise bank
kumari

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले २० ओभरमा ४ विकेट गुमाएर १ सय ५८ रन बनाएको थियो।

दक्षिण अफ्रिकाका लागि कप्तान क्विन्टन डी ककले ७० रनको अर्धशतकीय पारी खेल्दा भान डेर डुसेनले ३७ रन बनाए।

बलिङतर्फ स्ट्रेलियाका केन रिचार्डसनले २ विकेट लिए।

जितसँगै दक्षिण अफ्रिकाले ३ खेलको शृंखलामा १–१ को बराबरी गरेको छ। यसअघि पहिलो खेलमा अस्टेलिया १ सय ७ रनले विजयी भएको थियो।

प्रकाशित: Feb 24, 2020| 08:14 सोमबार, फागुन १२, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।