बुधबार, असार ३१, २०८३

बी डिभिजन लिगमा ब्वाइज युनियनको विजयी सुरुवात

 |  आइतबार, फागुन ११, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, फागुन ११, २०७६

काठमाडौं– सहिद स्मारक बी डिभिजन लिग अन्तर्गत आज भएको उद्घाटन खेलमा ब्याइज युनियन क्लबले जित हात पारेको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा आइतबार सम्पन्न खेलमा ब्वाइज क्लबले श्री कुमारी क्लबलाई २–०को गोलअन्तरले हराउँदै जित हात पारेको हो।

खेलको पहिलो हाफमा वर्तमान राईले पहिलो गोल गरेका थिए। उनले खेलको ३९ औं मिनेटमा गोल गर्दै टिमलाई सुरुवाती अग्रता दिलाए। प्रदिपको गोलसँगै ब्वाइज क्लबले पहिलो हाफमा एक गोलको अग्रता बनाएको थियो।

दोस्रो हाफमा पनि ब्वाइज क्लबले नै गोल गर्यो। खेलको ७६ औं मिनेटमा प्रदिप गिरीले गोल गर्दै अग्रतालाई दोब्बर बनाएका थिए। उनको गोलपछि अन्य गोल स्कोर हुन सकेन । र, ब्वाइज क्लबले २–० को नजिता हात परेको हो।

पहिलो जितसँगै ब्वाइज क्लबले तीन अंक बनाएको छ। १२ क्लबहरुले प्रतिस्पर्धा गरिरहेको बी डिभिजन लिगमा ११ चरणमा खेल हुने छन्। एक चरणमा ६ खेल हुने छन्। ६६ खेल सम्पन्न भएपछि लिगको शीर्ष स्थानमा हुने क्लब आउँदो चरणको ए डिभिजन लिगमा बढुवा हुने छ।

नेपालको ए डिभिजन लिगमा १४ टोलीले प्रतिस्पर्धा गर्छन्। अघिल्लो शनिबार सम्पन्न लिगको रेलिगशेनमा परेर सस्वती युथ क्लब बी डिभिजनमा घटुवा भएको थियो। सो ठाउँमा बी डिभिजनको विजेतालाई ल्याउने लिगको प्रावधान छ।

प्रकाशित: Feb 23, 2020| 17:34 आइतबार, फागुन ११, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।