शनिबार, वैशाख २६, २०८३

तालिबानद्वारा पन्जशिर उपत्यकामा कब्जा

तालिबानले अफगानिस्तानको पन्जशिर उपत्यका कब्जामा दिएको दाबी गरेको छ। अफगानिस्तानको यो इलाकामा तालिबानले अहिलेसम्म कब्जा जमाउन सकेको थिएन।
 |  मंगलबार, भदौ २२, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ २२, २०७८

तालिबानले अफगानिस्तानको पन्जशिर उपत्यका कब्जामा दिएको दाबी गरेको छ। अफगानिस्तानको यो इलाकामा तालिबानले अहिलेसम्म कब्जा जमाउन सकेको थिएन।

National life

तालिबानले सोमबार एउटा भिडिओ फुटेज सार्वजनिक गरेको थियो। जसमा पन्जशिर उपत्यकामा लडाकुहरूले तालिबानको झन्डा उचालेको देखिन्छ।

तर, तालिबानको प्रतिरोध गरिरहेको समूहले भने उक्त दाबी सत्य नभएको बताएको छ। सामाजिक सञ्जालमा पोस्ट गरिएको एउटा अडियो रेकर्डमा न्याश्नल रिजिस्टन्स फ्रन्ट अफ अफगानिस्तान (एनआरएफ) का नेता अमहम मसूदले तालिबानलाई मान्यता दिएको र उनीहरूलाई सैन्य तथा राजनीतिक विश्वास दिलाएको अन्तर्राष्ट्रिय समुदायलाई आरोप लगाए।



आफूहरू 'सबै रणनीतिक स्थानहरूमा' उपस्थित रहेको बताउँदै एनआरएपले तालिबानसँग लडाइँ जारी राख्ने जनाएको छ। 

उता तालिबानका प्रवक्ता जबीहुल्लाह मुजाहिदले पत्रकार सम्मेलनमा तालबानले एनआरएफसँग वार्ताको माध्यमबाट यो समस्या समाधान गर्न खोजिएको भए पनि वार्ता सम्भव नहुँदा युद्ध गर्नु परेको बताएका छन्।

तालिबानले तीन हप्ताअघि राजधानी काबुलमा अगस्ट १५ तारिखमा कब्जा जमाएको थियो। तालिबान प्रवक्ता मुजाहिदले पूर्व उपराष्ट्रपति अमरुल्लाह सालेहले देश छोडेर ताजिकिस्तान भागेको समेत दाबी गरेको छ। तर, यसको पुष्टि भने हुन सकेको छैन।

पन्जिशिरमा बिजुली, इन्टरनेल र फोटको लाइन काटिएको थियो। तालिबानले आजबाट ती सबै लाइन जोडिने बताएको छ। बीबीसी

प्रकाशित: Sep 07, 2021| 07:28 मंगलबार, भदौ २२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।