बिहीबार, भदौ ४, २०८३

नाभी नकाट्दै जब शिशुलाई उठ्यो रिस

जन्म हुनासाथ चिकित्सकहरु बच्चाहरुलाई रुवाउने प्रयास गर्छन्। बच्चाको फोक्सो कति स्वस्थ छ र कसरी काम गरिरहेको छ भन्ने थाहा पाउन नवजात शिशुलाई रुवाउने गरिन्छ।
 |  आइतबार, फागुन ११, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, फागुन ११, २०७६

एजेन्सी- जन्म हुनासाथ चिकित्सकहरु बच्चाहरुलाई रुवाउने प्रयास गर्छन्।

बच्चाको फोक्सो कति स्वस्थ छ र कसरी काम गरिरहेको छ भन्ने थाहा पाउन नवजात शिशुलाई रुवाउने गरिन्छ।

ब्राजिलको रियो डि जेनेरियास्थित एक अस्पतालमा १३ फेब्रुअरीमा एक बालिकाको जन्म भयो। जन्मिनासाथ रुनुपर्नेमा बालिका रोइनन्।

चिकित्सकहरु उनलाई रुवाउने प्रयास पनि गरे, तर सकेनन्।

बच्चा नरोएपछि पहिले नाभी काट्ने निधोमा चिकित्सकहरु पुगे र नाभी काट्न लागे। त्यसबेला भने चिकित्सकहरु आश्चर्यमा परे।

रुनुपर्ने शिशुको अनुहार पुरै रिसाएको जस्तो देखियो।

यो पलको चिकित्सकहरुले तस्बिर खिचेका छन्।

शिशुको अनुहारमा देखिएको रौद्ररुपको तस्बिर अहिले सामाजिक सञ्जालहरुमा भाइरल बनेको छ।

चिकित्सकहरुले यसअघि कुनै पनि नवजात शिशुको यस्तो रुप नदेखेको र नाभी काटेपछि भने शिशु रोएको चिकित्सकहरुले बताएका छन्।

शिशुको तस्बिर अस्पतालले पनि शेयर गरेको छ।

चिकित्सकहरुले यो निकै अविस्मरणीय क्षण भएको बताएका छन्।

ति शिशुका अभिभावकले उनको नाम इसाबेल परेरा डी जिसस राखेका छन्।

शिशुको शल्यक्रियाबाट जन्म भएको हो।

Image may contain: one or more people, people sitting, child and baby

Image may contain: 1 person, sitting

प्रकाशित: Feb 23, 2020| 14:59 आइतबार, फागुन ११, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

५४ जना सन्तानका पिता अब्दुल रहेनन्

५४ जना सन्तानका पिताको रुपमा चर्चित पाकिस्तानका अब्दुल मजिद मैंगलको निधन भएको छ।

पानी नपरेपछि जनप्रतिनिधिलाई बाँधियो मन्दिर पुर्‍याइयो

पश्चिम नवलपरासीको सरावल गाउँपालिकाका किसानले जनप्रतिधिलाई बाँधेर मन्दिर पुर्‍याएका छन्।

बालेनका नाममा २८ केजीको खसी बाजी!

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका बालेन शाहको नाममा दुई युवाले २८ केजीको खसी बाजी राखेका छन्।

जब छोरा पाउने विश्वासमा गर्भवतीको टाउकोमा किला ठोकियो...

२१औं शताव्दीमा पनि मानिस धार्मिक अन्धविश्वासमा रहेका छन्। धार्मिक अन्धविश्वासकै कारण पाकिस्तानमा एउटा अनौठो घटना घटेको छ।

जसले १० करोड रङलाई चिन्न सक्छिन्

कन्सेटा एन्टिकोका आँखामा चौथो कलर रिसेप्ट छ। जसले गर्दा उनले १० करोड रङलाई चिन्न सक्छिन्।