बुधबार, असार ३१, २०८३

बार्सिलोना शीर्ष स्थानमा उक्लियो

ला लिगको अंक तालिकामा बार्सिलोना शीर्ष स्थानमा उक्लिएको छ।
 |  आइतबार, फागुन ११, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, फागुन ११, २०७६

बार्सिलोना– ला लिगको अंक तालिकामा बार्सिलोना शीर्ष स्थानमा उक्लिएको छ।

उसले शनिबार राति इबरलाई ५–०को फराकिलो गोलअन्तरले हराउँदै शीर्ष स्थानमा उक्लिएको हो।

जितका लागि लियोनेल मेस्सीले ४ गोल गरेका थिए भने आथुरो मेलाले एक गोल गरे।

खेलको १४ औं मिनेटमै टिमलाई अग्रता दिलाउने क्रममा मेस्सीले पहिलो गोल गरे। ३७ औं मिनेटमा दोस्रो गोल थपेपछि मेस्सीले व्यक्तिगत दुई गोल गरिसकेका थिए।

फेरि त्यसको ३ मिनेटमै अर्को गोल गरेर ह्याट्रिक पूरा गरे। पहिलो हाफमा मेस्सीको ह्याट्रिकमा बार्सिलोना ३–० ले अगाडि रह्यो।

दोस्रो हाफमा अर्जेटिनी फरवार्ड गोल गर्न पछि परेनन्। ३३ वर्षीय खेलाडीले नै अर्को गोल थपे। उनले खेलको ८७ औं मिनेटमा व्यक्तिगत चौथो गोल गर्दा त्यसको दुई मिनेटभित्रै आर्थरले अर्को गोल थपे। र, बार्सिलोनाले ५–० को फराकिलो अन्तरले जित निकाल्यो।

जितसँगै बार्सिलोनाले रियल मड्रिडसँग २ अंकको अग्रता बनाएको छ। उसले २५ खेल खेलेर १७ जित, चार हार र चार बराबरीका साथ ५५ अंक बनाउँदा समान खेल खेलेको रियलले ५३ अंक जोडेको छ।

प्रकाशित: Feb 23, 2020| 08:41 आइतबार, फागुन ११, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।