सोमबार, चैत ९, २०८२

रोनाल्डोको हजार खेल पूरा, ११ खेलमा लगातार गोलको रेकर्ड

पोचुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डोले फुटबल करिअरको एक हजार खेल पूरा गरेका छन्।
 |  आइतबार, फागुन ११, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, फागुन ११, २०७६

फेरारा– पोचुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डोले फुटबल करिअरको एक हजार खेल पूरा गरेका छन्।

National life

उनले आफ्नो १०००औं खेलमा पनि गोल गरेसँगै शनिबार राति भएको खेलमा स्पलविरुद्ध युभेन्ट्स विजयी भएको छ।

यससँगै उनले लिगमा लगातार ११ खेलमा गोल गर्ने कीर्तिमान बराबरी गरेका छन्। यसअघि इटालियन लिगमा लगातार ११ खेलमा गोलको कीर्तिमान कायम थियो।

रोनाल्डोले खेलको ३९औं मिनेटमा जुवन कुवार्डोको क्रसमा गोल गर्दै ग्याब्रियल बतिस्तुताल र फेवियो क्वाग्लिअरेल्लाको रेकर्डसँग बराबरी गरे।

उनको गोलसँगै शनिबार राति भएको खेलको पहिलो हाफमा युभेन्टसले एक गोलको अग्रता बनाएको थियो। त्यस्तै, दोस्रो हाफमा युभेन्ट्सका आरोन रामसेले गोल गरे। उनले ६० औं मिनेटमा गोल गरेसँगै युभेन्ट्स दुई गोलले अगाडि रहेको थियो।

Laxmi sunrise bank
kumari

तर, खेलको ६६ औं मिनेटमा भिएआरसँग लामो कम्युनिकेसनपछि रेफ्रीले स्पललाई पेनाल्टी उपहार दिए। पेनाल्टीमा पाएको अवसरको सदुपयोग गर्दै ६९ औं मिनेटमा स्पलका एन्ड्रेस पेटागनले गोल गरे। त्यसपछि स्पलले गोल थप्न सकेन। र, युभेन्ट्सले खेल २–१ आफ्नो पक्षमा पार्यो।

जितसँगै युभेन्ट्सले लिग तालिकाको दोस्रो स्थानको लाजियोसँग ४ अंकको अग्रता बनाएको छ। १९ जित, तीन हार र तीन बराबरीका साथ युभेन्ट्सले ६० अंक बनाएको हो।

प्रकाशित: Feb 23, 2020| 08:35 आइतबार, फागुन ११, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।