बुधबार, असार ३१, २०८३

सताशी गोल्डकप : उपाधिका लागि मछिन्द्र र थ्रिस्टार भिड्ने

झापाको झिलझिलेमा जारी तेस्रो संस्करणको सताशी गोल्डकपको उपाधिका लागि थ्री स्टार क्लब र मछिन्द्र क्लबले आज प्रतिस्पर्धा गर्ने छन्।
 |  आइतबार, फागुन ११, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, फागुन ११, २०७६

काठमाडौं– झापाको झिलझिलेमा जारी तेस्रो संस्करणको सताशी गोल्डकपको उपाधिका लागि थ्री स्टार क्लब र मछिन्द्र क्लबले आज प्रतिस्पर्धा गर्ने छन्।

‘ए’ डिभिजनको लिगविजेता मछिन्द्र र चौथो स्थानमा रहेको थ्री स्टारले उपाधिका लागि प्रतिस्पर्धा गर्न लागेका हुन्।

प्रतियोगितामा थ्री स्टारले सताशी स्पोटिङ क्लबलाई हराउँदै फाइनलको यात्रा तय गर्दा मछिन्द्रले सेमीफाइनलमा विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई हराउँदै फाइनल प्रवेश गरेको हो।

खेलअघि पत्रकार सम्मेलनमा मछिन्द्रका प्रशिक्षक प्रवेश कटुवालले भने, ‘हाम्रो टिममा त्यस्तो कमजोरी छैन। पछिल्लो खेलमा देवेन्द्र तामाङ घाइते भएकाले सोचेअनुरुप प्रदर्शन भएन। फाइनलका लागि देवेन्द्र तयार भएका छन्। तर, रञ्‍जित धिमाल घाइते भएकाले केही समस्या भने हुनसक्छ।’

त्यस्तै, थ्री स्टारका प्रशिक्षक मेघराज केशीले पनि जितकै लागि खेल्ने बताएका छन्। उनले अधिकांश खेल जितेको र फाइनल खेलमा पनि जितको यात्रालाई कायम राख्ने बताएका छन्।

प्रतियोगिताको विजेताले ६ लाख र उपविजेताले दुई लाख रूपैयाँ पाउनेछ।

प्रतियोगिताको म्यान अफ द टुर्नामेन्टले ५० हजार पुरस्कार पाउँदा भने विधागत उत्कृष्ट खेलाडीले जनही २५ हजार रूपैयाँ पाउने छन्।

प्रकाशित: Feb 23, 2020| 08:07 आइतबार, फागुन ११, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।