बिहीबार, भदौ ४, २०८३

'ऐना'का सहयात्रीलाई सम्मान

कार्यक्रममा 'ऐना' प्रायोजन र निर्माणमा जुटेका ५० भन्दालाई प्रमाणपत्रसहित सम्मान गरिएको थियो।
 |  सोमबार, भदौ २१, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, भदौ २१, २०७८

काठमाडौं- द होराइजन मल्टिमिडिया प्रालिले सामाजिक विषयवस्तुमा आधारित टेलिभिजन कार्यक्रम 'ऐना'को पहिलो सिजन सम्पन्न गर्न सहयोग गर्ने सहयात्रीहरूलाई सम्मान गरेको छ।

आइतबार एक कार्यक्रम आयोजना गरी ऐनाको प्रोडक्सन कम्पनी द होराइजनले प्रायोजक र टिमका सदस्यलाई 'टोकन अफ लभ' र प्रमाणपत्र वितरण गरेको हो। कार्यक्रममा 'ऐना' प्रायोजन र निर्माणमा जुटेका ५० भन्दालाई प्रमाणपत्रसहित सम्मान गरिएको थियो।   

‍कार्यक्रममा 'ऐना'को शीर्षक प्रायोजक ग्लोबल आइएमई बैंक लिमिटेडका अध्यक्ष एवं नेपाल उद्योग-वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले ऐनाजस्तो सामाजिक रुपान्तरणको अभियान बोकेको कार्यक्रममा सहकार्य गर्न पाउँदा गर्व लागेको बताएका थिए। ढकालले आगामी दिनमा पनि सामाजिक मुद्दाहरु उजागर गर्ने ऐनाको प्रयत्नमा आफूहरु साथै रहने प्रतिबद्धतासमेत जनाए। 


ऐनाको अर्को प्रायोजक चौधरी फाउन्डेसनकी जेनेरल म्यानेजर मेरिना रञ्जितले ऐनाबाट प्रायोजनका लागि प्रस्ताव आउँदा कार्यक्रम सफल हुन्छ कि हुँदैन भन्ने शंका लागे पनि ऐनाले त्यो शंका पहिलो एपिसोडबाट मेटेको बताइन्। 

माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले एक जना नेताले सञ्चालन गर्ने कार्यक्रमले के प्रभाव पार्ला र भन्ने लागे पनि कार्यक्रम ऐनाले विशुद्ध सामाजिक मुद्दामा गहन छाप छोड्न सफल भएको बताए। कार्यक्रममा राष्ट्रिय संघको महिला विरुद्धको विभेद अन्त्य गर्ने महासन्धि 'सीईडीएडब्ल्यू' की निर्वाचित सदस्य वन्दना राणाले कार्यक्रम 'ऐना'ले नेपाली टेलिभिजनमा छुट्टै छाप छोडेको बताइन्। राणाले आफूले टेलिभिजनमा काम गर्दाताका सामाजिक विषयमाथि कार्यक्रम निर्माण गर्न सहज नभएको अनुभव सुनाएकी थिइन्। 

'समाज रुपान्तरणको सवालमा सबैको साथ र सहयोग चाहिन्छ', राणाले भनिन्, 'निजी क्षेत्रले सामाजिक उत्तरदायित्वअन्तर्गत यस्ता कार्यक्रमलाई खुलेर सहयोग गर्नुपर्छ । ताकि समाज रुपान्तरणमा साथसाथै हिँड्न सकियोस्,' राणाले ऐनालाई आगामी दिनमा अझै अनुसन्धानमूलक ढंगले कार्यक्रम ल्याउन शुभकामनासमेत दिइन्। 

कार्यक्रममा ऐनाका प्रोजेक्ट हेड राधाकृष्ण धितालले कोभिड-१९ को महामारीको विषम परिस्थितिमा समेत विज्ञापन दिएर ऐनालाई सफल बनाउन योगदान दिएको भन्दै विज्ञापनदातालाई धन्यवाद दिए। 


ऐनाका प्रस्तोता विश्वप्रकाश शर्माले कार्यक्रम ऐनामार्फत देशका विभिन्न ठाउँमा पीडितहरुका घरघरमा पुगेर धेरै अनुभव बटुल्न पाएको सुनाए। ऐनाका कार्यकारी निर्माता जनक पौड्यालले कोभिड महामारीको समयमा टिमका सहकर्मीले कार्यक्रम निर्माण गर्न निकै मेहनेत गर्नु परेको तर कार्यक्रम भव्यताका साथ सफल भएकाले यसले आफूहरूलाई ऊर्जा थपेको बताएका थिए। 

ऐनाका २६ एपिसोडमा एक सयभन्दा बढी पीडितका कथाव्यथा समेटिएको, एक सयभन्दा बढी विज्ञले कार्यक्रममा राय व्यक्त गरेको उनले उल्लेख गरे। यसैगरी, ऐनाले दुई सयभन्दा बढी पीडितसँग प्रत्यक्ष संवादका स्टुडियोमा समेत एक हजारभन्दा बढी दर्शक उपस्थित भएको उनले जानकारी दिए। उनले ऐनाको दोस्रो सिजनको तयारी भइरहेको उल्लेख गर्दै पहिलो सिजनलाई आधार बनाएर दोस्रो सिजनमा अझ उत्कृष्ट कार्यक्रम तयार गर्ने बताए। 

कान्तिपुर टेलिभिजनमा २०७७ माघ ७ गतेदेखि २०७८ असार ३० गतेसम्म ऐनाका २६ एपिसोड प्रसारण भएका थिए। 

प्रकाशित: Sep 06, 2021| 21:41 सोमबार, भदौ २१, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।