बुधबार, असार ३१, २०८३

दिदीबहिनी कप भलिबलको उपाधि एपीएफलाई

विभागीय डर्बीमा एपीएफले नेपाल पुलिसलाई हराउँदै चौथो संस्करणको दिदीबहिनी कप राष्ट्रिय भलिबल प्रतियोगिताको उपाधि जितेको छ।
 |  शनिबार, फागुन १०, २०७६

नेपाल समय

नेपाल समय

शनिबार, फागुन १०, २०७६

काठमाडौं– विभागीय डर्बीमा एपीएफले नेपाल पुलिसलाई हराउँदै चौथो संस्करणको दिदीबहिनी कप राष्ट्रिय भलिबल प्रतियोगिताको उपाधि जितेको छ।

पर्वतको बेनीमा शनिबार सम्पन्न खेलमा एपीएफले नेपाल पुलिस क्लबलाई ३–१को सेटमा हराउँदै उपाधि जितेको हो। खेलको पहिलो सेटमा साविक विजेता एपीएफमाथि हाबी भएको प्रहरीले त्यसपछिका लगातार तीन सेटमा हारको सामना गर्‍यो।

एपीएफले पुलिसमाथि १५–२५, २५–१८, २५–२१ र २५–१२ को नतिजा निकाल्यो।

उपाधि विजेता एपीएफले दुई लाख र उपविजेता पुलिस क्लबले एक लाख रूपैयाँ पुरस्कार पाएको छ।

न्यु डायमण्ड तेस्रो

प्रतियोगिताको अघिल्लो खेलबाट दिदीबहिनी कपको तेस्रो स्थानका लागि प्रतिस्पर्धा गरेको न्यु डाइमण्ड स्पोर्टस क्लब तेस्रो भएको छ।

उसले विभागीय टिम आर्मीलाई ३–० को सोझो सेटमा पराजित गर्दै तेस्रो स्थान हासिल गरेको हो।

जितका लागि न्यु डाइमण्डले आर्मीलाई २५–२३, २५–२१ र २५–२२ को सेटमा हराएको थियो। न्यु डाइमण्डले ५० हजार पुरस्कार जितेको छ।

साविकको उपविजेता न्यु डाइमण्ड क्लबले सेमीफाइनको खेल हारेपछि उसले तेस्रो स्थानमा चित्त बुझाउनु परेको हो।

प्रकाशित: Feb 22, 2020| 13:03 शनिबार, फागुन १०, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।