बुधबार, असार ३१, २०८३

दिदीबहिनी कप भलिबलको फाइनल स्थगित

 |  शुक्रबार, फागुन ९, २०७६

नेपाल समय

नेपाल समय

शुक्रबार, फागुन ९, २०७६

मौसममा बदली आएर वर्षासमेत भएपछि पर्वतमा भइरहेको चौथो दिदीबहिनी कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताका फाइनलका दुई खेल रोकिएका छन् ।

शुक्रबार बिहान ९ बजे तेस्रो स्थानका लागि त्रिभुवन आर्मी क्लब र होङवान्जी न्यू डायमन्ड एकेडेमी तथा ११ बजे विजेता र उपविजेताका लागि दुई विभागीय टोली नेपाल पुलिस क्लब र डिफेन्डिङ च्याम्पियन सशस्त्र प्रहरीको एपिएफ क्लब भिड्ने तयारी भएको थियो ।

बिहानदेखि यस क्षेत्रमा वर्षा भएकाले मैदान चिप्लो बन्दा शुक्रबारका खेलहरु स्थगत गर्नु परेको रेफ्री टहलसिंह थापाले जानकारी दिए । उनका अनुसार वर्षा रोकिएर मौसम अनुकूल भएका शनिबार दुईवटै खेल सम्पन्न गर्ने तयारी छ ।

१३औँ गण्डकी प्रदेशस्तरीय महिला महोत्सवका अवसरमा आयोजित प्रतियोगितामा बिहीबार भएको सेमिफाइनलमा आ–आफ्ना प्रतिद्वन्द्वीलाई हराउँदै पुलिस र एपिएफ फाइनलमा पुगेका हुन् । एपिएफले होङग्वान्जी न्यू डायमन्डलाई सोझो सेटमा हराउँदै फाइनलमा स्थान बनाएको थियो भने एपिएफले होङवान्जी न्यू डायमन्ड एकेडेमीलाई पराजित गरेको थियो । पुलिसले भने विभागीय प्रतिद्वन्द्वी त्रिभुवन आर्मी क्लबलाई हराउँदै फाइनलमा स्थान बनाउन सफल भएको हो ।

प्रतियोगिताको विजेताले दुई लाख, दोस्रो हुने टोलीले एक लाख र तेस्रो हुने टोलीले पचास हजार नगद प्राप्त गर्नेछ । वर्षाले महोत्सवका अन्य कार्यक्रमसमेत प्रभावित बनेका छन् । गत फागुन १ गतेबाट पर्वतको जलजला गाउँपालिका–३ वारीबेनीको जुकेधारा मैदानमा भइरहेको महोत्सवको समापन फागुन ११ गते हुने रेडियोकी अध्यक्ष कल्पना चापागाईंले जानकारी दिइन् । रासस

प्रकाशित: Feb 21, 2020| 19:59 शुक्रबार, फागुन ९, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।