बुधबार, असार ३१, २०८३

लनटेनिस खेलाडी इन्डोनेसियातर्फ

 |  शुक्रबार, फागुन ९, २०७६

नेपाल समय

नेपाल समय

शुक्रबार, फागुन ९, २०७६

आइटिएफ जुनियर डेविस कपमा भाग लिन नेपाली लनटेनिस टोली आज इन्डोनेसियातर्फ प्रथान गरेको छ । राजधानी जकार्तामा शनिबारदेखि शुरु हुने उक्त प्रतियोगितामा नेपालका छ खेलाडीले प्रतिस्पर्धा गर्नेछन् ।

फागुन १७ गतेसम्म सञ्चालन हुने सो प्रतियोगितामा तीन पुरुष तथा तीन महिला खेलाडीको सहभागिता रहनेछ । इन्डोनेसिया प्रस्थान गर्ने खेलाडीमा प्रसिद्ध मोक्तान, निहालजङ्गबहादुर थापा, निश्चल कायस्थ, सरिस्ता राई, रायना शाह र इशाश्री शाह छन् ।

प्रशिक्षक कृष्णराज घले भने यसअघि जकार्ता प्रस्थान गरिसकेका छन् । पुरुष खेलाडीले डेविस तथा महिलाले फेड कपमा सहभागिता जनाउने नेपाल टेनिस सङ्घका महासचिव मनोहरदास मुलले जानकारी दिए ।
रासस

प्रकाशित: Feb 21, 2020| 19:53 शुक्रबार, फागुन ९, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।