बुधबार, असार ३१, २०८३

महिला क्रिकेट विश्वकपमा भारतको सुरुवाती जित

अष्ट्रेलियामा जारी छैटौं संस्करणको आइसिसी महिला टी–२० विश्वकप अन्तर्गत उद्घाटन खेलमा भारतले जित निकालेको छ।
 |  शुक्रबार, फागुन ९, २०७६

नेपाल समय

नेपाल समय

शुक्रबार, फागुन ९, २०७६

एजेन्सी– अष्ट्रेलियामा जारी छैटौं संस्करणको आइसिसी महिला टी–२० विश्वकप अन्तर्गत उद्घाटन खेलमा भारतले जित निकालेको छ। साविक विजेता अष्ट्रेलियालाई उसकै घरेलु मैदानमा १७ रनले पराजित गर्दै भारतले सुरुवाती जित निकालेको हो।

अष्ट्रेलियाको सिड्नी सोग्राउन्ड स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको भारतले निर्धारित पूरा ओभर खेल्दै ४ विकेटको क्षतिमा १३२ रन बनाएको थियो। १३३ रनको लक्ष्य पाएको अष्ट्रेलियाले एक बल बाँकी नै रहँदा सम्पूर्ण विकेट गुमाएर ११५ रनमा समेटिएपछि भारतले जित निकालेको हो।

भारतका लागि दिप्ती शर्मा अविजित रहँदै सर्वाधिक ४९ रनको योगदान दिइन्। उनले ३ चौकाका साथ सो रन बनाएकी हुन्। त्यस्तै, आपनर साफली वर्मा र स्मृती मन्धनाले क्रमशः २९ र १० रनको योगदान दिएका थिए। २६ रन ल्याउने खेलाडीमा जेमीमश रोड्क्विेज रहिन्।

अष्ट्रेलियाका लागि जेन्स जोनासेनले दुई विकेट लिइन् भने इलिसे पेर्री र डेलिसा केम्मिनेसले समान एक–एक विकेट लिए।
जवाफी ब्याटिङमा आएको अष्ट्रेलियाका तर्फबाट ओपनर एलिसा हेलीले अर्धसतकिय ५१ रनको पारी खेलिन् । उनले ३५ बलमा ६ चौकाका साथ ५१ रन बनाएकी थिइन्।

त्यस्तै, एसलेघ गार्डनरले तीन चौका र एक छक्का साथ ३६ बलमा ३४ रन बनाउँदै आउट भइन्। यसबाहेक अन्य खेलाडीले जोर अंकको रन बनाउन सकेनन्।

जितका लागि भारतकी पुनमा यादवले सर्वाधिक चार विकेट लिइन्। त्यस्तै शिखा पाण्डेले दुई विकेट लिँदा राजेश्वरी ग्यक्वर्डले एक विकेट लिएकी थिइन्।

प्रकाशित: Feb 21, 2020| 17:09 शुक्रबार, फागुन ९, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।