बुधबार, असार ३१, २०८३

रियल म्याड्रिड उत्कृष्ट क्लबः स्टार्लिङ

उनी केही समययता रियल मड्रिडमा जान सक्ने हल्ला फुटबल बजारमा चलेको छ। २५ वर्षे फुटबलरको क्लब दुई वर्षको लागि च्याम्पियन्स लिग र युरोपा लिगबाट बञ्चित भएपछि उनी स्पेन जान सक्ने सम्भावना रहेको थियो।
 |  शुक्रबार, फागुन ९, २०७६

नेपाल समय

नेपाल समय

शुक्रबार, फागुन ९, २०७६

म्यान्चेस्टर सिटीका फरवार्ड रहिम स्टार्लिङले स्पेनिस क्लब रियल मड्रिड उत्कृष्ट क्लब रहेको बताएका छन्। उनी मड्रिड जान सक्ने कुरा आइरहेको बेला स्पेनिस क्बल राम्रो भए पनि उनी सिटीमै खुसी रहेको पनि बताएका हुन्।

उनी केही समययता रियल मड्रिडमा जान सक्ने हल्ला फुटबल बजारमा चलेको छ। २५ वर्षे फुटबलरको क्लब दुई वर्षको लागि च्याम्पियन्स लिग र युरोपा लिगबाट बञ्चित भएपछि उनी स्पेन जान सक्ने सम्भावना रहेको थियो।

तर, उनले घुमाउरो पारामा प्रशिक्षक जिनेदिन जिदानेको प्रशिक्षणमा सहभागी हुन इच्छुक रहेको पनि बताए।

स्टार्लिङले स्पेनिस समाचार एजेन्सीलाई भने, ‘अहिले म सिटीमा छु र म यहाँ धेरै खुसी छु। तर, मलाई लाग्छ, रियल मड्रिड एक सानदार क्लब हो। जब तपाईं सेतो टी–सर्ट देख्नुहुन्छ। तपाईंले क्लबको स्थान देखिहाल्नु हुन्छ। फुटबलमा यसको स्थान विशाल छ।’

अंग्रेज फुटबलरले थपे, ‘अहिलेको समयमा मसँग सिटीको सम्झौता बाँकी नै छ। मैले यसको सम्मान गर्नुपर्छ। तर, रियल फेन्टास्टिक क्लब हो।’

म्यान्चेस्टर सिटीले मड्रिडसँग यसै महिनाको १६ तारिख बुधबार बर्नाबेउमा पहिलो लेगको खेल खेलेको थियो। लिगकै नकआउट चरणको दोस्रो लेगको खेलमा भने १७ मार्चमा इथायड स्टेडियममा हुने छ।

च्यम्पियन्स लिगमा स्पेनिस क्लब रियलले १३ पटक लिग उपाधि जितिसकेको छ। उसले पछिल्लो पटक २०१६बाट २०१८ सम्ममा तीन पटक लगातार लिगको उपाधि जितेको थियो।

‘मलाई लाग्छ लामो समयसम्म च्याम्यिन्स लिग जित्नका लागि धेरै गाह्रो छ,’ उनले भने, ‘मलाई लाग्दैन कि मड्रिडले भाग्यले खेल जितेको हो। यो एक खेल सूत्रकै कारण सम्भव भएको हो। केही मानिससँग एक प्रकारको जितको मानसिकता हुन्छ। र, उसले जुनै तरिका अपनाएर पनि जित्छ।’

स्टार्लिङले रियलका प्रशिक्षकबारे भने, ‘मलाई लाग्छ उनले खेलाडी हुँदाको समयमा विकास गरेका केही अनुभव छन्। जसले उनी आफ्नो प्रशिक्षकको जीवनमा निरन्तर सफलता पाइरहेका छन्।’

प्रकाशित: Feb 21, 2020| 15:41 शुक्रबार, फागुन ९, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।