बिहीबार, भदौ ४, २०८३

टेलर बने तीनै फर्म्याटमा सय खेल खेल्ने खेलाडी

१४ वर्षको क्रिेकेट जीवनमा शुक्रबार उनले भारतसँग खेलेसँगै तीनै फर्म्याटमा सय खेल पुर्याएका हुन्। भारतसँगको पछिल्लो खेलमा उनले सो संख्या पुरा गरेका हुन्।
 |  शुक्रबार, फागुन ९, २०७६

नेपाल समय

नेपाल समय

शुक्रबार, फागुन ९, २०७६

न्युजिल्यान्डका क्रिकेटर रोस टेलर तीनै फर्म्याटका सय खेल खेल्ने एकमात्र खेलाडी बनेका छन्। उनले टेस्ट, वान डे र टी–२० तीनै फर्म्याटका सय खेल खेलिसकेका छन्। क्रिकेटमा आजसम्म कसैले नबनाएको रेकर्ड उनले पहिलोपटक बनाएका हुन्।

१४ वर्षको क्रिेकेट जीवनमा शुक्रबार उनले भारतसँग खेलेसँगै तीनै फर्म्याटमा सय खेल पुर्याएका हुन्। भारतसँगको पछिल्लो खेलमा उनले सो संख्या पुरा गरेका हुन्।

टेलकाभन्दा पछि भारतका रोहित शर्मा र पाकिस्तानका शोएव मलिक छन्। यी दुवै खेलाडीले वान डे र टी–२० मा सयभन्दा धेरै खेल खेलेका छन्। तर, शोएबले ३५ र रोहितले ३२ टेस्ट म्याच खेलेका छन्। यसकारण उनीहरु दुवै टेलरको रेकर्डबाट धेरै टाढा छन्।

टेलरले यसपहिलेका ९९ टेस्टमा ४.६.२८ को स्ट्राइक रेट राख्दै ७,११४ रन बनाएका छन्। उनले १९ शतक र ३३ अर्धशतकको मद्दतमा सो रन बनाएका हुन्। उनले २३१ वानडे मा ८,५७० रन बनाएका थिए, जसमा २१ शतक र ५१ अर्धकशतक प्रहार गरे। टेलरले १०० टी–२० मा सात अर्धशतकका साथ १,९०९ रन बनाएका छन्।

उनले २००६ नाभेम्वरमा वेस्ट इंडिजविरुद्धको खेलमा डेब्यू गरेका थिए। उनी टेस्ट र वान डे खेलमा न्युजिल्यान्डका लागि सबैधन्दा धेरै रन बनाउने खेलाडी पनि हुन्।

प्रकाशित: Feb 21, 2020| 13:21 शुक्रबार, फागुन ९, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।