बुधबार, फागुन २७, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • बेलायती प्रधानमन्त्री भने - तालिबानका कुरा होइन, काम हेरेर मूल्यांकन गर्छौं

बेलायती प्रधानमन्त्री भने - तालिबानका कुरा होइन, काम हेरेर मूल्यांकन गर्छौं

बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले अफगानिस्तानमा नियन्त्रण कायम गरेको तालिबान समूहका कुरा होइन, काम हेरेर मूल्यांकन गर्ने बताएका छन्।
 |  सोमबार, भदौ २१, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, भदौ २१, २०७८

लन्डन- बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले अफगानिस्तानमा नियन्त्रण कायम गरेको तालिबान समूहका कुरा होइन, काम हेरेर मूल्यांकन गर्ने बताएका छन्। 

National life

बेलायतको संसद्‌मा सोमबार उठेका प्रश्‍नहरुको जवाफ दिने क्रममा प्रधानमन्त्री जोन्सनले अफगानी नागरिकको लागि आर्थिक, राजनीतिक र कूटनीतिक सहयोग गर्न प्रतिबद्धतासमेत व्यक्त गरेका छन्। 

उनले काबुलबाट गरिएको उद्धार कार्यमा संलग्‍न व्यक्तिहरुको प्रशंसा गरेका छन्। काबुल विमानस्थलमा १७० जनाको ज्यान जाने गरि भएको आत्मघाती बम आक्रमणमा बाबजुद पनि उद्धार कार्य गरेको भन्दै संलग्‍न सबैको प्रशंसा गरेका छन्। 

उनले सैनिकहरुको मानसिक स्वास्थ्यका लागि तीन मिलियन युरो छुट्याएका छन् भने सैन्य सेवाका लागि पाँच मिलियन युरो छुट्याएका छन्। उनले बेलायतमा पुगेका सबै अफगानीहरुलाई सहयोग गर्नेसमेत प्रतिबद्धता दोहोर्‍याएका छन्। 

उनले अफगानी किशोरीहरुलाई विगत २० वर्षसम्म बेलायती सेनाले आतंकवादी आक्रमण हुन नदिएको र सुरक्षितरुपमा विद्यालय जान सहयोग गरेकोसमेत बताएका छन्। 

Laxmi sunrise bank
kumari

तर, विपक्षी दलका नेताहरुले भने उनको अपरिपक्‍व नेतृत्वका कारण समस्या आएको भन्दै उनको आलोचना गरेका छन्। विपक्षीहरुले दोहा सम्झौतापछि अमेरिकाले आफ्नो सेना फिर्ता गर्ने घोषणा गरेको १८ महिनाको अवधिमा बेलायतले केवल आठ हजारमध्ये केवल दुई हजार अफगानीहरुलाई मात्रै बेलायत ल्याइएको आरोप लगाएका छन्। - बीबीसी


प्रकाशित: Sep 06, 2021| 20:58 सोमबार, भदौ २१, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।