बुधबार, असार ३१, २०८३

खप्तड गोल्डकप फुटबल आजबाट

‘नेपाल आइस सुदूरपश्चिम अन्तर्राष्ट्रिय आमन्त्रण खप्तड गोल्डकप फुटबल प्रतियोगिता २०७६’ आज (शुक्रबार) सुरु हुँदैछ।
 |  शुक्रबार, फागुन ९, २०७६

नेपाल समय

नेपाल समय

शुक्रबार, फागुन ९, २०७६

धनगढी– ‘नेपाल आइस सुदूरपश्चिम अन्तर्राष्ट्रिय आमन्त्रण खप्तड गोल्डकप फुटबल प्रतियोगिता २०७६’ आज (शुक्रबार) सुरु हुँदैछ।

धनगढीस्थित रंगशालामा सुरु हुने प्रतियोगिताको उद्घाटन खेलमा सिराहाको बाग्मती क्लब र भारतकाे कञ्चनजंगा फुटबल क्लबबीच प्रतिस्पर्धा हुँदैछ।

आयोजक सुदूरपश्चिम–११ स्पोर्टस क्लबले बिहीबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ।

सुदूरपश्चिम प्रदेशमा हुने एकमात्रै गोल्डकप प्रतियोगिताको बिजेतालाई २१ लाख एक तथा उपविजेतालाई १० लाख एक रूपैयाँसहित ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरिने जनाइएको छ।

यस्तै, प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई मोटरसाइकल, विभिन्न विधाका उत्कृष्ट खेलाडीलाई जनही १५ हजार र प्रत्येक खेलको म्यान अफ दि म्याचलाई जनही १० हजार रूपैयाँ पुरस्कार प्रदान गरिने छ।

प्रतियोगिता आयोजनामा एक करोड ५० लाख रूपैयाँ खर्च हुने अनुमान गरिएको छ।

‘सुदूरपश्चिम प्रदेशको पहिचान, फुटबल विकासको अभियान’ भन्ने नारासहित क्लबले चार वर्षयता प्रतियोगिता सञ्चालन गरिरहेको छ।

प्रकाशित: Feb 21, 2020| 10:04 शुक्रबार, फागुन ९, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।