सोमबार, चैत ९, २०८२
  • गृहपृष्ठ
  • खेलकुद
  • आईसीसी महिला टी–२० विश्वकप आजबाट, उद्घाटन खेलमा घरेलु टोली अस्ट्रेलिया र भारत भिड्दै

आईसीसी महिला टी–२० विश्वकप आजबाट, उद्घाटन खेलमा घरेलु टोली अस्ट्रेलिया र भारत भिड्दै

आईसीसी महिला टी–२० विश्वकपको सातौं संस्करण आज (फेब्रुअरी २१)बाट अस्ट्रेलियामा सुरु हुँदै छ।
 |  शुक्रबार, फागुन ९, २०७६

नेपाल समय

नेपाल समय

शुक्रबार, फागुन ९, २०७६

काठमाडौं– आईसीसी महिला टी–२० विश्वकपको सातौं संस्करण आज (फेब्रुअरी २१)बाट अस्ट्रेलियामा सुरु हुँदै छ।

National life

प्रतियोगिताको उद्घाटन खेलमा डिपेन्डिङ च्याम्पियन अस्ट्रेलिया र भारत प्रतिस्पर्धा गर्दैछन्।

दुवै टोली आजको खेलबाट सुखद नतिजाबाट प्रतियोगिता सुरु गर्ने दाउमा छन्।

मार्च ८ सम्म (१७ दिन) चल्ने प्र्रतियोगितामा १० टिम सहभागी छन्, जसमा पाँच–पाँच टिमको दुई समूह बनाइएको छ। समूह ‘ए’मा अस्ट्रेलिया, बंगलादेश, भारत, न्युजिल्यान्ड र श्रीलंका रहेका छन् भने समूह ‘बी’मा इंग्ल्यान्ड, पाकिस्तान, दक्षिण अफ्रिका, थाइल्यान्ड र वेस्ट इन्डिज रहेका छन्।

टुर्नामेन्ट फर्म्याटमा सञ्चालन हुने उक्त प्रतियोगितामा समूह चरणका विजेता र उपविजेता सेमीफाइनल पुग्नेछन्। समूह चरणमा प्रत्येक टोलीले चार–चार खेल खेल्नेछन्।

Laxmi sunrise bank
kumari

विश्वकपमा प्रदर्शन

टी–२० महिला क्रिकेट विश्वकपमा अस्ट्रेलियाले सबैभन्दा धेरै (चार पटक) उपाधि जितिसकेको छ। यस्तै, इंग्ल्यान्ड र वेस्ट इन्डिज एक–एक पटक विश्व च्याम्पियन बनेका छन्।

सन् २००९ मा भएको आईसीसी महिला क्रिकेट विश्वकपको पहिलो संस्करणको उपाधि इंग्ल्यान्डले जितेको थियो।

त्यसयता उपाधिमाथि अस्ट्रेलियाको वर्चस्व कायम छ। अस्टे«लियाले दोस्रो, तेस्रो, चौथो र छैटौं संस्करणको उपाधि जितेको छ। पाँचौ संस्करणको उपाधि भने वेस्ट इन्डिजको पोल्टामा छ।

पाँचौं संस्करणको विश्वकपमा पहिलोपटक फाइनलको यात्रा तय गरेको वेस्ट इन्डिजले उपाधि उचालेको थियो। विश्वकपमा वेस्ट इन्डिज चार पटक सेमीफाइनलसम्म पुगेको छ।

विश्वकपको ‘हेबिवेट’ इंग्ल्यान्डले पहिलो संस्करणको उपाधिपछि तीन पटकसम्म फाइनल यात्रा तय गरिसकेको छ।

विश्वकपमा दुई पटक फाइनलमा पराजित भएको न्युजिल्यान्ड दुई पटक नै सेमीफाइनलबाट बाहिरिएको छ। न्युजिल्यान्ड पहिलो र दोस्रो संस्करणको विश्वकपमा क्रमशः इंग्ल्यान्ड र अस्ट्रेलियासँग फाइनल हारेको थियो।

यस्तै, भारत तीन पटक (पहिलो, दोस्रो र छैटाैं संस्करण) सेमीफाइनल पुगिसकेको छ। दक्षिण अफ्रिका भने चौथो संस्करणको विश्वकपमा सेमीफाइनलमा पुगेको थियो।

यसअघिका विश्वकपमा सहभागी देशमध्ये श्रीलंका, पाकिस्तान, आयरल्यान्ड र बंगलादेश समूह चरणभन्दा माथि पुग्न सकेका छैनन्। थाइल्यान्ड भने पहिले पटक मात्र विश्वकपमा सहभागी भएको हो।

यस्तो छ वरीयता

अस्ट्रेलिया आईसीसी टी–२० महिला टिमको वरीयताको शीर्षस्थानमा छ। त्यस्तै इंग्ल्यान्ड, न्युजिल्यान्ड, भारत, वेस्ट इन्डिज, दक्षिण अफ्रिका, पाकिस्तान र श्रीलंका क्रमशः दोस्रोबाट आठौं स्थानसम्म छन्।

यसरी गराइन्छ विश्वकपमा सहभागी

प्रत्येक दुई वर्षमा आयोजना हुने आईसीसी महिला विश्वकपमा वरीयताका आधारमा शीर्ष ८ राष्ट्रबाट सात राष्ट्र र आयोजकलाई सहभागी गराइन्छ।

अन्य दुई टोली भने विश्वकप क्वालिफायरबाट सहभागी गराउने आईसीसीको नियम छ।

जारी विश्वकपमा वरीयताको शीर्ष आठका टिमसँगै बंगलादेश र थाइल्यान्ड सहभागी छन्। वरीयतामा नवौं स्थानको बंगलादेश र एघारौं स्थानको थाइल्यान्ड विश्वकप छनोटबाट प्रतियोगितामा सहभागी भएका हुन्।

कसको डेब्यु कहिले ?

सन् २००९ मा पहिलोपटक विश्वकप आयोजना हुँदा ८ टोलीले प्रतिस्पर्धा गरेका थिए। त्यो विश्वकपमा आयोजक इंग्ल्यान्डसँगै अस्ट्रेलिया, भारत, न्युजिल्यान्ड, पाकिस्तान, दक्षिण अफ्रिका, श्रीलंका र वेस्ट इंन्डिज सहभागी थिए।

बंगलादेश र आयरल्यान्डले सन् २०१४ मा एकैपटक डेब्यु गर्दा थाइल्यान्डले यो संस्करणमा सहभागी हुने अवसर पायो। जारी सिजनमा भने आयरल्यान्ड सहभागी हुन सकेन।

प्रकाशित: Feb 21, 2020| 09:03 शुक्रबार, फागुन ९, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।