बुधबार, असार ३१, २०८३
  • गृहपृष्ठ
  • खेलकुद
  • युरोपा लिगमा एकै दिन १६ खेल, वुल्भ्स सबैभन्दा बढी अन्तरले विजयी

युरोपा लिगमा एकै दिन १६ खेल, वुल्भ्स सबैभन्दा बढी अन्तरले विजयी

यूईएफए युरोपा लिगअन्तर्गत एकै दिन १६ खेल सम्पन्न भएका छन्।
 |  शुक्रबार, फागुन ९, २०७६

नेपाल समय

नेपाल समय

शुक्रबार, फागुन ९, २०७६

इंग्ल्यान्ड– यूईएफए युरोपा लिगअन्तर्गत एकै दिन १६ खेल सम्पन्न भएका छन्।

बिहीबार राति भएका १६ खेलमध्ये इंग्लिस क्लब वुल्भ्स सबैभन्दा बढी गोल अन्तरले विजयी भएको छ। उसले स्पेनिस क्लब इस्पानोयललाई घरेलु मैदानमै ४–० ले हराएको हो।

पहिलो हाफमा एक गोलले अग्रता बनाएको वुल्भ्सले दोस्रो हाफमा तीन गोलको सफलता पायो। डियोगो जोताले उत्कृष्ट प्रदर्शन गर्दै ह्याट्रिक पूरा गरे।

पहिलो हाफको १५ औं मिनेटमै गोल गरेर उनले क्लबलाई सुरुवाती अग्रता दिलाएका थिए। त्यसपछि उनले दोस्रो हाफको ६७ र ८१ औं मिनेटमा गोल गर्दै जोता ह्याट्रिक पूरा गरे।

क्लबका लागि अर्को गोल गर्नेमा रुविन नेवेज रहे। उनले ५२ औं मिनेटमा गोल गरेका थिए।

दोस्रो लेगको खेल यही महिनाको २७ तारिकमा हुने छ।

अन्य १५ खेलको नतिजा

१) क्लब ब्रुग १–१ म्यान्चेस्टर युनाइटेड

२) लुडोजोरेट्स ०–२ इन्टर मिलान

३) इन्ट्राच्ट ४–१ रेड बुल

४) कोबेनहवन १–१ सेल्टिक

५) सिएफआर क्लुज १–१ सेभिल्ला

६) स्पोर्टिङ ३–१ स्तानबुल

७) सख्तर डोनेस्क २–१ बेनिफिका

८) गेटाफे २–० आयाक्स

९) वुल्भसवर्ग २–१ माल्मो

१०) बायर २–१ पोर्टो

११) अल्कामर १–१ लास्क

१२) ओलम्पियाकोस ०–१ आर्सनल

१३) आपोएल निकोसिया ०–३ बासेल

१४) रोमा १–० जेन्ट

१५) रेन्जर्स ३–३ ब्रागा

दोस्रो लेगका खेल फेब्रुअरी २६, २७ र २८ मा हुने छन्।

प्रकाशित: Feb 21, 2020| 07:33 शुक्रबार, फागुन ९, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।