बिहीबार, भदौ ४, २०८३

भैंसी दौडमा टुट्यो श्रीनिवासको रेकर्ड

कर्नाटकमा भैंसीको परम्परागत(कम्बला दौड) दौडमा ९.५५ सेकेन्डमा श्रीनिवासले सय मिटर दुरी पार गरेको रेकर्ड ब्रेक भएको छ। निशान्त सेट्टीले ९.५१ सेकेन्डमै सय मिटर दुरी पार गरेर श्रीनिवासको रेकर्ड ब्रेक गरेका हुन्।
 |  बिहीबार, फागुन ८, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन ८, २०७६

भारत - कर्नाटकमा भैंसीको परम्परागत(कम्बला दौड) दौडमा ९.५५ सेकेन्डमा श्रीनिवासले सय मिटर दुरी पार गरेको रेकर्ड ब्रेक भएको छ। निशान्त सेट्टीले ९.५१ सेकेन्डमै सय मिटर दुरी पार गरेर श्रीनिवासको रेकर्ड ब्रेक गरेका हुन्।

उनले बेनुरमा बिहीबार सम्पन्न कम्बला दौडमा यो रेकर्ड बनाएका हुन्। यो जमैकाका धावक उसेन बोल्टको ९.५८ सेकेन्डको रेकर्ड भन्दा ०.०७ सेकेन्ड छिटो हो। मिडिया रेकर्डका अनुसार निशान्तले १४३ मिटर १३.६१ सेकेन्डमा पुरा गरेका थिए। सोही दौडका दौरान उनले सुरुवाती १०० मिटर सबैभन्दा छिटो दौडिएका हुन्।

कम्बाला रेस आयोजन समितिका अनुसार सेट्टीका साथ ४ धावकले १० सेकेन्डभित्र १०० मिटर दौड पुरा गरेका छन्।

के हो कम्बाला रेस?

कम्बाला अथवा 'बफेलो रेस' कर्नाटकको परम्परागत रेस हो। मेंलोरमा प्रचलित रेस हो यो। यसमा हिलो भएको जमिनमा भैंसीको साथमा दौडनु पर्छ।

जनवरको संरक्षणको लागि काम गर्ने कार्यकर्ताले केही वर्ष अघि यो खेलको विरुद्धमा मोर्चा लगाएका थिए। उनीहरुले जनवारलाई जबरजस्ती बल प्रयोग गरेर दौडन लगाइएको आरोप लगाएका थिए। तर, मुख्यमन्त्रीले सो खेल जारी राख्न आदेश दिएका थिए।

प्रकाशित: Feb 20, 2020| 18:15 बिहीबार, फागुन ८, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

५४ जना सन्तानका पिता अब्दुल रहेनन्

५४ जना सन्तानका पिताको रुपमा चर्चित पाकिस्तानका अब्दुल मजिद मैंगलको निधन भएको छ।

पानी नपरेपछि जनप्रतिनिधिलाई बाँधियो मन्दिर पुर्‍याइयो

पश्चिम नवलपरासीको सरावल गाउँपालिकाका किसानले जनप्रतिधिलाई बाँधेर मन्दिर पुर्‍याएका छन्।

बालेनका नाममा २८ केजीको खसी बाजी!

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका बालेन शाहको नाममा दुई युवाले २८ केजीको खसी बाजी राखेका छन्।

जब छोरा पाउने विश्वासमा गर्भवतीको टाउकोमा किला ठोकियो...

२१औं शताव्दीमा पनि मानिस धार्मिक अन्धविश्वासमा रहेका छन्। धार्मिक अन्धविश्वासकै कारण पाकिस्तानमा एउटा अनौठो घटना घटेको छ।

जसले १० करोड रङलाई चिन्न सक्छिन्

कन्सेटा एन्टिकोका आँखामा चौथो कलर रिसेप्ट छ। जसले गर्दा उनले १० करोड रङलाई चिन्न सक्छिन्।