बुधबार, असार ३१, २०८३

भ्रष्टाचार आरोपमा अकमललाई खेल प्रतिबन्ध

पाकिस्तान क्रिकेट बोर्ड(पिसिबी)ले मध्यपंत्तिका ब्याट्सम्यान उमर अकमललाई अनिश्चितकालका लागि खेलमा प्रतिबन्ध लगाएको छ। उनीमाथि भ्रष्टाचारको गम्भिर आरोप लगाउँदै बिहीबार पिसिबीले खेल प्रतिबन्ध लगाएको जानकारी दिएको हो।
 |  बिहीबार, फागुन ८, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन ८, २०७६

काठमाडौं - पाकिस्तान क्रिकेट बोर्ड(पिसिबी)ले मध्यपंत्तिका ब्याट्सम्यान उमर अकमललाई अनिश्चितकालका लागि खेलमा प्रतिबन्ध लगाएको छ। उनीमाथि भ्रष्टाचारको गम्भिर आरोप लगाउँदै बिहीबार पिसिबीले खेल प्रतिबन्ध लगाएको जानकारी दिएको हो।

पिसिबीले एक विज्ञप्ति निकाल्दै भनेको छ, ‘उमरलाई जाँच पुरा हुँदासम्मको लागि कुनै पनि फर्म्याटको क्रिकेट खेलमा प्रतिबन्ध लगाइएको छ।’ सो विज्ञप्तिमा उमरमाथि लगाइएको आरोपबारे कुनै जानकारी भने दिइएको छैन्।

उता, उमरले यस विषयमा हालसम्म कुनै प्रतिक्रिया दिएका छैनन्।

उनी विवादमा घेरिएको एक महिनामाको अवधिमा यो दोस्रो पटक हो। केही दिन अघि कराँचीमा फिटनेस टेस्टको समयमा उमर ट्रेनरसँगै भिडेका थिए। त्यतिबेला उनले आफ्नो टि–सर्ट फुकालेर ट्रेनरलाई आफ्नो फ्याटको मात्रा सोधेका थिए। उनको त्यो कदमलाई भने पिसिबीले माफ गरिदिएको थियो।

प्रतिबन्धका कारण उनले पाकिस्तान सुरप लिग (पिएसएल) पनि खेल्न नपाउने भएका छन्। पछिल्लो सिजनको उपाधि विजेता टोली क्वेटा ग्लाडिएटर्सबाट खेलेका उनले यो संस्करणका खेलमा सहभागी हुन पाउने छैनन्। पिसिएल बिहीबार(आजैबाट) सुरु भएको छ। यो प्रतियोगिता २२ मार्चसम्म चल्ने छ।

पिसिबीले पनि एक विज्ञप्ति जारी गर्दै उनले लिगमा भाग लिन नपाउने भएको बताएको छ। उनी प्रतिभाशाली खेलाडी भए पनि अनुशासनका विषयमा गम्भिर नभएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले बताएका छन्। उनी मैदान भित्र र बाहिर गलत काम गरेर चर्चामा रहने गरेका छन्। शाहिद अफ्रिदी, शोयब अख्तर र पाकिस्तानको पूर्वकोच मिकी आर्थरसँग पनि उनको विवाद भएको थियो। पछिल्लो वर्ष पनि उनी एक ट्राफिक प्रहरीसँग विवादमा परेका थिए। शोयब अख्तरले उनलाई टिमबाट बाहिर राख्न आग्रह गरेको थिए।

उनले हालसम्म १६ टेस्ट, १२१ वान डे र ८४ टी-२० खेल खेलिसकेका छन्।

प्रकाशित: Feb 20, 2020| 16:34 बिहीबार, फागुन ८, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।