सोमबार, चैत ९, २०८२

जर्ज मुन्से पोखरा राइनोजमा

स्कटिस ब्याट्सम्यान हेनरी जर्ज मुन्सेलाई पोखरा राइनोजले एभरेष्ट प्रिमियर लिग(एपिएल) खेल्नका लागि क्लबमा अनुबन्धन गरेको छ। उसले सामाजिक सञ्जाल फेसबुकमार्फत मुन्सेलाई टोलीमा अनुबन्ध गरेको जानकारी दिएको छ।
 |  बिहीबार, फागुन ८, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन ८, २०७६

काठमाडौं - स्कटिस ब्याट्सम्यान हेनरी जर्ज मुन्सेलाई पोखरा राइनोजले एभरेष्ट प्रिमियर लिग(एपिएल) खेल्नका लागि क्लबमा अनुबन्धन गरेको छ। उसले सामाजिक सञ्जाल फेसबुकमार्फत मुन्सेलाई टोलीमा अनुबन्ध गरेको जानकारी दिएको छ।

National life

राइनोजले भनेको छ, ‘नेपालमै अत्याधिक पर्खाइमा रहेको प्रतियोगिता अझै रमाइलो हुने भएको छ। प्रतियोगितामा ए क्लास खेलाडीहरु समावेश हुँदै छन्।’ यस्तै मुन्सेले भनेका छन्, ‘म यो वर्षको एभरेष्ट प्रिमियर लिगमा भाग लिन उत्साहित छु। यो उत्कृष्ट प्रतियोगिता हुने भएको छ। म पोखराका तर्फबाट खेल्न पर्खिरहेको छु।’

पोखरा राइनोजकी मेनेजिङ डाइरेक्टर दिपा अग्रवालले मुन्सेको खेल हेर्न उत्साहित रहेको बनाइन्। उनले भनिन्, ‘पछिल्लो सिजन पनि टिममा स्कटिस खेलाडी राखेका थियौं। यो सिजनमा पनि स्कटल्यान्डका अर्का खेलाडी आएका छन्। म उनको खेल हेर्न हतारमा छु।’

मुन्सेले स्कटल्यान्ड राष्ट्रिय टोलीका तर्फबाट नेदरल्यान्डविरुद्ध खेल्दा टी-२० को एकै खेलमा अविजित १२७ रन बनाएका थिए।

पोखरा राइनोजले यसअघि नै वेस्टइन्डिजका क्रिसगेल र केस्रिक विलियम्सलाई अनुबन्धन गरिसकोको छ। पोखराले तेस्रो विदेशी खेलाडीका रुपमा मुन्सेलाई टिममा भित्र्याएको हो।

Laxmi sunrise bank
kumari

प्रकाशित: Feb 20, 2020| 16:24 बिहीबार, फागुन ८, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।