बिहीबार, भदौ ४, २०८३

ब्रेन ट्युमरको अपरेशनमा होस आएपछि विरामीले बजाउन थालिन् भायोलिन

लण्डनस्थित किंग्स कलेज अस्पतालमा सर्जरीका क्रममा एउटा ऐतिहासिक घटना भएको छ।
 |  बुधबार, फागुन ७, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, फागुन ७, २०७६

एजेन्सी- लण्डनस्थित किंग्स कलेज अस्पतालमा सर्जरीका क्रममा एउटा ऐतिहासिक घटना भएको छ।

अपरेशन थिएटर ५३ वर्षीय ड्यागमर टर्नरले भायोलिन बजाईरहिन्, चिकित्सकहरुले उनको अपरेशन गरिरहे। चिकित्सकहरु उनको दिमागबाट ट्युमर निकाल्न सफल भएका छन्। ६ घण्टासम्म भएको अपरेशनका क्रममा टर्नरको होस खुलेको थियो। त्यसपछि उनलाई भायोलिन दिइयो।

टर्नरले भायोलिन बजाईरहिन् र उनको दिमागमा रहेको ८/४ सेन्टिमिटरको ट्युमर सफलतापूर्वक निकालियो।

अपरेशनको बीचमा उनको होस आउनु र भायोलिन दिएर बजाउन लगाउनु आकस्मिकता भने थिएन।

यो चिकित्सकहरुकै योजना थियो। ताकि यसक्रममा टर्नरको अपरेशन गरिरहेको क्षेत्र सक्रिय रहोस् भन्ने थियो। ट्युमर रहेको त्यसक्षेत्रले काम नगरिरहेका कारण पनि चिकित्सकहरुले यस्तो तरिका अपनाउनु परेको थियो।

न्युरोसर्जन प्रोफेसर केयोमार्स शकनका अनुसार करिब ९० प्रतिशतसम्म ट्युमर निकालिएको छ।

ट्युमर निकालिएपछि टर्नर स्वस्थ भएर घर फर्किएकी छन्।

बेलायतको किंग्स अस्पताल ब्रेन ट्युमरका लागि निकै ठूलो अस्पताल मानिन्छ।

यहाँ हरेक वर्ष यस्ता ४ सय विरामीको सर्जरी हुने गरेको छ।

७ वर्षअघि पत्ता लागेको थियो ट्युमर

केयोमार्स शकनका अनुसार टर्नरको ब्रेन ट्युमरको समस्या सन् २०१३ मा पत्ता लागेको थियो। ट्युमर टर्नरको मष्तिस्कको दाहिने पाटोमा थियो। जहाँबाट बायाँ हातको ‘मुभमेन्ट कन्ट्रोल’ हुन्छ।

यसै कारण अपरेशनका क्रममा अब बायाँ हात चल्न सक्छ कि सक्दैन भन्ने कुरामा विशेष ध्यान दिनुपर्ने थियो।

चिकित्सक एवम् एनेस्टेसिया टिमले यसबारे निकै ध्यान दिएको थियो। त्यसैकारण उनको बायाँ हात सक्रिय राख्नका लागि भायोलिन बजाउनु दिनु पर्यो। टर्नरले यस कुरामा चिकित्सकहरुलाई साथ दिईन्।

१० वर्षको उमेदेखि भायोलिन बजाउँदै टर्नर

भायोलिन टर्नरको सोख हो। उनले १० वर्षको उमेरदेखि भायोलिन बजाउँदै आएकी छन्। उनले वाईट सिम्फोनी अर्केस्टा एवम् थुप्रै समूहमा भायोलिन प्रस्तुति दिएकी छन्।

उनी भन्छिन्, ‘चिकित्सकहरुले मलाई भायोलिन दिए र बजाईरहन भने, मैले यो कुरा स्वीकार गरेँ र बजाईरहेँ।’

प्रकाशित: Feb 19, 2020| 13:44 बुधबार, फागुन ७, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

५४ जना सन्तानका पिता अब्दुल रहेनन्

५४ जना सन्तानका पिताको रुपमा चर्चित पाकिस्तानका अब्दुल मजिद मैंगलको निधन भएको छ।

पानी नपरेपछि जनप्रतिनिधिलाई बाँधियो मन्दिर पुर्‍याइयो

पश्चिम नवलपरासीको सरावल गाउँपालिकाका किसानले जनप्रतिधिलाई बाँधेर मन्दिर पुर्‍याएका छन्।

बालेनका नाममा २८ केजीको खसी बाजी!

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका बालेन शाहको नाममा दुई युवाले २८ केजीको खसी बाजी राखेका छन्।

जब छोरा पाउने विश्वासमा गर्भवतीको टाउकोमा किला ठोकियो...

२१औं शताव्दीमा पनि मानिस धार्मिक अन्धविश्वासमा रहेका छन्। धार्मिक अन्धविश्वासकै कारण पाकिस्तानमा एउटा अनौठो घटना घटेको छ।

जसले १० करोड रङलाई चिन्न सक्छिन्

कन्सेटा एन्टिकोका आँखामा चौथो कलर रिसेप्ट छ। जसले गर्दा उनले १० करोड रङलाई चिन्न सक्छिन्।