मंगलबार, असोज २०, २०८३

जन्मदिनमा सुप्रियासँग इन्गेजमेन्ट गरे निर्देशक सुदर्शनले

सुप्रिया मोडल हुन्। थुप्रै म्युजिक भिडियोमा मोडलिङ गरेकी उनले ‘बिर्खेलाई चिन्छस्’ र ‘साढे सात’मा अभिनयसमेत गरेकी कटवाल समाचार वाचनमा समेत रुची राख्छिन्।
 |  सोमबार, भदौ २१, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, भदौ २१, २०७८

काठमाडौं- कलाकार तथा निर्देशक सुदर्शन थापाले आफ्नो जन्मदिनमा सुप्रिया कटुवालसँग इन्गेजमेन्ट गरेका छन्। सोमबार सुदर्शन र सुप्रिया कटवालले औंठी साटेका हुन्। 

लबस्टोरी फिल्म निर्देशनमा रुची राख्ने निर्देशक थापाले निर्देशन गरेको फिल्म 'प्रेमगीत' लोकप्रिय बनेको थियो। 

सुप्रिया मोडल हुन्। थुप्रै म्युजिक भिडियोमा मोडलिङ गरेकी उनले ‘बिर्खेलाई चिन्छस्’ र ‘साढे सात’मा अभिनयसमेत गरेकी कटवाल समाचार वाचनमा समेत रुची राख्छिन्। 

सुदर्शन र सुप्रियाको पहिलो भेट फिटनेस क्लबमा भएको थियो। साथीपछि प्रेममा परिणत भएको उनीहरूको सम्बन्ध इन्गेजमेन्टसम्म आइपुगेको हो। दुवैले पारिवारिक सहमतिमा इन्गेजमेन्ट गरेका हुन्। 

प्रकाशित: Sep 06, 2021| 18:18 सोमबार, भदौ २१, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

वर्षको अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले न्यून दर्शक पाएका छन्। तिनीहरूको टिकट एक हजारसमेत बिक्री भएको छैन।

जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि काम पाइँदैन भन्ने बुझाइलाई केही सेलिब्रेटीले गलत सावित गरेका छन्।

चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

कलाकार दीपकराज गिरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति आक्रोशीत भएका छन्।