बुधबार, जेठ २४, २०८०
  • गृहपृष्ठ
  • प्रदेश
  • संखुवासभा हत्या घटना : धरानबाट घटनास्थल प्रस्थान गर्‍यो कुकुरसहितको टोली

संखुवासभा हत्या घटना : धरानबाट घटनास्थल प्रस्थान गर्‍यो कुकुरसहितको टोली

'घटना शंकास्पद छ,' उनले भने, 'घटनाको अनुसन्धान गर्न एसपी साप्'को नेतृत्वमा तालिमप्राप्त कुकुरसहितको टोली घटनास्थलतर्फ गएको छ।'
 |  सोमबार, भदौ २१, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, भदौ २१, २०७८

विराटनगर- संखुवासभाको मादी नगरपालिका-१ मा एकै परिवारका ६ जनाको हत्या घटना शंकास्पद देखिएको भन्दै प्रहरीले कुकुरसहितको टोली पठाएको छ। संघीय प्रहरी इकाई धरानबाट एसपी भीम दाहालको नेतृत्वमा कुकुरसहितको टोली खटिएको प्रदेश १ प्रहरी कार्यालय विराटनगरका प्रवक्ता एसपी नवीनराज राईले जानकारी दिए।

Everest Bank

'घटना शंकास्पद छ,' उनले भने, 'घटनाको अनुसन्धान गर्न एसपी साप्'को नेतृत्वमा तालिमप्राप्त कुकुरसहितको टोली घटनास्थलतर्फ गएको छ।' घटनास्थल पुगेको प्रहरीको टोलीले शवको प्रकृति हेर्दा शंकास्पद देखिएको बताएपछि कुकुरसहितको टोली परिचालन गरिएको राईले बताए।

घटनास्थलमा इलाका प्रहरी कार्यालय चैनपुरबाट प्रहरी निरीक्षकको टोली घटनास्थल पुगेर शव फेला परेको स्थानलाई घेरर राखेको मादी नगरपालिकाका प्रमुख विदुरकुमार लिङ्थेपले बताए। 'शव घोप्टो परेको अवस्थामा छ, प्रहरीले शव वरपर घेरेर मात्रै राखेको छ। थप केही भएको छैन,' उनले भने। प्रहरीले कुकुरसहितको टोलीलाई पर्खेर बसेको नगर प्रमुख लिङ्थेपले बताए। 

घटनास्थलमा ८४ वर्षीया पार्वती कार्की, ५२ वर्षीय तेजबहादुर कार्की, ५२ वर्षीया कमला कार्की, ३२ वर्षीया रञ्जना कार्की, ११ वर्षीय दिपेन कार्की र ७ वर्षीया गोमा कार्कीको शव रहेको प्रहरीले जनाएको छ।  

प्रकाशित: Sep 06, 2021| 05:58. 09 सोमबार, भदौ २१, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।