बुधबार, भदौ ३, २०८३

७३ वर्षका दुलाहा र ६७ वर्षकी दुलही, छोराछोरीले गराईदिए बिहे

बिहे गर्नका लागि कुनै निश्चित उमेर त तोकिएको हुँदैन तर सामाजिक संस्कार, बैवाहिक जीवनको मर्म यस्ता यावत कुराले युवावयमै बिहे गर्ने प्रचलन विश्वभर छ।
 |  आइतबार, फागुन ४, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, फागुन ४, २०७६

एजेन्सी- बिहे गर्नका लागि कुनै निश्चित उमेर त तोकिएको हुँदैन तर सामाजिक संस्कार, बैवाहिक जीवनको मर्म यस्ता यावत कुराले युवावयमै बिहे गर्ने प्रचलन विश्वभर छ।

तर कतिपय व्यक्तिहरुको विभिन्न कारणले युवा अवस्थामा बिहे गर्ने संयोग मिलिरहेको हुँदैन।

भारतको छत्तिसगढमा यस्तै एक प्रेमिल जोडी जसले आफ्नो बैबाहिक परम्परा निभाउन बुढेसकाल पर्खिनुपर्यो।

छत्तिसगढको कवर्धा जिल्लास्थित खैरझिटी कला गाउँमा शनिबार ७३ वर्षीय दुलाहा र ६७ वर्षीया दुलही बिहे बन्धनमा बाँधिए।

बुढेसकालमा बिहे गर्ने यो जोडी नयाँ भने होइन। वर्षौँ देखि ‘लिभ इन रिलेशनशिप’ मा रहेर यो उमेरमा आएर उनीहरुले बैवाहिक परम्परा पुरा गरेका हुन्।

लामो समयसम्म एकै रथको दुई पाङ्ग्राका रुपमा रहेका उनीहरु बुढेसकालमा बिवाह बन्धनमा नबाँधिएकाे भए पनि एक अर्काकै लागि हुने थिए तर सामाजिक मान्यता र विश्वासका कारण धार्मिक परम्परा निभाए।

७३ वर्षीय सुकाल निषाद र ६७ वर्षीया गौतरहिन बाईको बिहे गर्ने इच्छा उनीहरुकै सन्तानले पुरा गरिदिए।

यस्तो थियो ५० वर्षे कहानी

५० वर्षअघि सुकाल निषाद युवाअवस्थामा गाउँकै आफ्ना एक नातोदारका लागि दुलही खोज्न बेमेतरा जिल्लाको बिरसिंगी गाउँ गएका थिए।

जुन केटीसँग आफ्ना नातेदारको बिहेको कुरा चलेको थियो उनैकी बहिनी गौतरहिन सुकाललाई मन परिन्।

त्यसपछि उनीहरुबीच कुराकानी भयो। केही समयपछि गौतरहिनसँग सुकालले जिन्दगी सँगै बिताउने निर्णय लिए।

सुकालले सामान्य मजदुरी गर्दै पेट पालेका थिए।

उनले धुमधामसँग बिहे गरेर धार्मिक परम्परा निभाउन सक्ने अवस्था थिएन।

बिहे गर्ने धोको अधुरै रहे पनि उनीहरु पतिपत्नीका रुपमा सँगै रहने निधो गरे र सँगै बसे। उनीहरुको यो निर्णयको समाजले पनि खास्सै विरोध गरेन।

सुकाल र गौतरहिनका २ छोरा र १ छोरी तथा १३ नाति नातिनी रहेका छन्। उनीहरुको बिहेमा परिवारका सबै सदस्य र आफन्तहरु सहभागी भएका थिए।

छोरा दिलहरनले आफ्ना माता पिताको बिहे गर्ने इच्छा पुरा गर्न पाएको खुसी व्यक्त गरे।

प्रकाशित: Feb 16, 2020| 16:54 आइतबार, फागुन ४, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

५४ जना सन्तानका पिता अब्दुल रहेनन्

५४ जना सन्तानका पिताको रुपमा चर्चित पाकिस्तानका अब्दुल मजिद मैंगलको निधन भएको छ।

पानी नपरेपछि जनप्रतिनिधिलाई बाँधियो मन्दिर पुर्‍याइयो

पश्चिम नवलपरासीको सरावल गाउँपालिकाका किसानले जनप्रतिधिलाई बाँधेर मन्दिर पुर्‍याएका छन्।

बालेनका नाममा २८ केजीको खसी बाजी!

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका बालेन शाहको नाममा दुई युवाले २८ केजीको खसी बाजी राखेका छन्।

जब छोरा पाउने विश्वासमा गर्भवतीको टाउकोमा किला ठोकियो...

२१औं शताव्दीमा पनि मानिस धार्मिक अन्धविश्वासमा रहेका छन्। धार्मिक अन्धविश्वासकै कारण पाकिस्तानमा एउटा अनौठो घटना घटेको छ।

जसले १० करोड रङलाई चिन्न सक्छिन्

कन्सेटा एन्टिकोका आँखामा चौथो कलर रिसेप्ट छ। जसले गर्दा उनले १० करोड रङलाई चिन्न सक्छिन्।