टोकियो– जापानको ओकायामामा हजारौं मानिसले नग्न महोत्सव (नकेड फेस्टिबल) मनाएका छन्।
असाध्यै चिसो मौसममा नांगै भेला भएका हजारौं मानिस महोत्सवमा सहभागी थिए।
जापानी भाषामा ‘हाडका मतसुरी’ नामले चिनिने यो पर्व हरेक फेब्रुअरीको तेस्रो शनिबार मनाइन्छ। उनीहरूले साइदज्जी कन्नोनी मन्दिरमा यो पर्व मनाएका हुन्।
धेरै अनाज उत्पादन, उर्वरता वृद्धि र समृद्धिको कामना गर्दै यो पर्व मनाइएको हो। महोत्सवप्रति युवालाई आकर्षित गर्न पनि उपयोगी हुने विश्वास छ।
ओकायामामा पर्यटन बोर्डका प्रवक्ता माइको इटानोले भने, ‘हामी उनीहरू भविष्यमा परम्परा जीवित राख्न सक्षम हुनेछ।’