काठमाडौं – शहीद स्मारक ए डिभिजन लिग अन्तर्गत आफ्नो अन्तिम खेलमा मनाङ मर्स्याङ्दी क्बल विजयी भएको छ। उसले जावलाखेल युथ क्लबलाई शुन्यकाविरुद्ध एक गोलले हराएको हो।
खेलको पहिलो हाफ गोलविहिन बन्यो। तर, दोस्रो हाफमा मनाङका निसान लिम्बुले एक गोल गरे। शुसिल लामाको पासमा निसानले गोल गरेका हुन्।
जितसँगै मनाङ अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ। उसले १३ खेलमा ८ जित, ४ बराबरी र १ हारका साथ २८ अंक बनाएको छ।
आजको खेलमा हारको समाना गरेको जावलाखेलले १९ अंकका साथ शीर्ष ६ मा स्थान बनाएको छ।