बिहीबार, भदौ ४, २०८३

किन डुबे काठमाडौं र बनेपा?

आइतबार रातिको भारी वर्षाले काठमाडौं उपत्यकाका विभिन्न स्थान र काभ्रेको बनेपा डुबानमा परे।
 |  सोमबार, भदौ २१, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, भदौ २१, २०७८

काठमाडौं– आइतबार रातिको भारी वर्षाले काठमाडौं उपत्यकाका विभिन्न स्थान र काभ्रेको बनेपा डुबानमा परे। पुण्यमाता खोलामा आएको बाढीका कारण बनेपाको पुलबजार क्षेत्र डुबानमा परेको छ।  वर्षाका कारण जिल्लाका अन्य खोलामा पनि पानीको सतह बढेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ।

यता बागमती र यसका सहायक नदीमा पनि ठूलो बाढी आएको छ। नदी छेउका बस्ती जलमग्न भएका छन्। उपत्यकाका कैयौँ क्षेत्रहरूमा बाढी पसेका कारण कतिपय स्थानबाट मानिसलाई उद्धार गरिएको छ। सरकारी वर्षा मापन केन्द्रको रेकर्डअनुसार गएको २४ घण्टामा उपत्यकाभित्र १२१।५ मिलिमिटर वर्षा भएको छ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार डुबानको एउटा कारण ढल र पानीको निकास नहुनु हो। 

ढल निकास र खोल्साखोल्सीहरु थुनिएका छन् कि ख्याल गर्न प्राधिकरणले अनुरोध गरेको छ। थुनिएका निकास खोल्ने हो भने डुबानबाट बच्न सकिने प्राधिकरणको भनाइ छ। खोला तथा नदीको बहाव क्षेत्र अतिक्रमणमा परेका कारण पनि डुबान भएको भन्दै उसले त्यसरी अतिक्रमण नगर्न अनुरोध गरेको छ। 

हेर्नुस् प्राधिकरणको भिडियो


प्रकाशित: Sep 06, 2021| 16:10 सोमबार, भदौ २१, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।