बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • संखुवासभा हत्या प्रकरण : स्थानीय भन्छन् – लखेटीलखेटी हत्या, भाग्यले बाँचे ९३ वर्षीय वृद्ध

संखुवासभा हत्या प्रकरण : स्थानीय भन्छन् – लखेटीलखेटी हत्या, भाग्यले बाँचे ९३ वर्षीय वृद्ध

‘तेजबहादुरको हत्या लखेटेर गरे जस्तो देखिन्छ। उहाँको शव घरबाहिर केही पर फेला परेको छ। उहाँकी श्रीमती मनमायाको शव घरमुनि खोल्सामा देखिन्छ’, स्थानीय कृष्ण पाठकले टेलिफोनमा भने।
 |  सोमबार, भदौ २१, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, भदौ २१, २०७८

काठमाडौं– संखुवासभाको मादी नगरपालिका–१ खोलागाउँमा एकै परिवारका ६ जनाको हत्या रातिको समयमा भएको पाइएको छ। स्थानीयका अनुसार घटनाको प्रकृति हेर्दा परिवारका सदस्यलाई बाहिर निकालेर लखेटी-लखेटी हत्या भएको प्रारम्भिक अनुमान छ। हत्याराको पहिचान हुन सकेको छैन।

तेजबहादुर कार्कीको शव घरबाट केही पर फेला परेको स्थानीय कृष्ण पाठकले जानकारी दिए। ‘तेजबहादुरको हत्या लखेटेर गरे जस्तो देखिन्छ। उहाँको शव घरबाहिर केही पर फेला परेको छ। उहाँकी श्रीमती मनमायाको शव घरमुनि खोल्सामा देखिन्छ’, उनले नेपाल समयसँग टेलिफोनमा भने। बालबालिकाकाे शव भने घरमा यत्रतत्र रहेको पाठकले बताए। 

पाठकका अनुसार घटनामा ९३ वर्षीय वृद्ध बौद्धमान कार्की बाँच्न सफल भएका हुन्। उनी कान एकदमै कम सुन्ने र आँखा पनि कम देख्ने व्यक्ति भएको पाठकले जानकारी दिए।

‘उहाँले हामीलाई आफूले खाना खाएर ६ बजे कोठामा गएको बताउनुभएको छ। कान कम सुन्ने र आँखा पनि राम्रोसँग देख्न नसक्ने बयोवृद्ध कार्की ६ बजे नै खाना खाएर आफ्नो कोठामा गएर बच्न सफल भएको देखियो’, पाठकले भने। पाठकले  ६ बजे वृद्धले परिवारका सबै सदस्य सँगै बसेर खाना खाएको र त्यसपछि कोठामा गएको बताएकाले रातिको समूहमा घटना भएको देखिने पाठक बताउँछन्। 

घटना भएको स्थाननजिकै फुदुङ खोलामाथि झोलुंगे पुल छ। पुलको मुखैमा घटना भएको घर छ। करिब पाँच सय मिटर वरपर मात्रै अन्य घर छन्।  अज्ञात समूहको धारिलो हतियार प्रहारबाट स्थानीय ५८ वर्षीय तेजबहादुर कार्की, ८० वर्षीया आमा पार्वता कार्की, ५६ वर्षीया श्रीमती मनमाया कार्की, २८ वर्षीया बुहारी रञ्जना कार्की, १० वर्षीय नाति दीपक कार्की र ५ वर्षीया नातिनी गोमा कार्की मृत अवस्थामा भेटिएका छन्।

‘उहाँहरूको आर्थिक अवस्था राम्रै हो। केही पैसा जोहो गरेर झापातिर घडेरी किन्ने सोचमा हुनुहुन्थ्यो भन्ने सुन्नमा आएको छ। आर्थिक कारणले नै उहाँहरूको हत्या भएको हुन सक्ने पनि आशंका गरिएको छ’, पाठकले भने।
८० वर्षीया पार्वता कार्कीको शव भने घर भित्रै खाटमा फेला परेको पाठकले जानकारी दिए। २८ वर्षीया बुहारी रञ्जना कार्की, १० वर्षीय नाति दीपक कार्की र ५ वर्षीया नातिनी गोमा कार्कीको शव पनि फरकफरक स्थानमा भेटिएकाले सबैको  लखेटीलखेटी हत्या गरेको हुनसक्ने देखिएको उनले बताए।  ‘उहाँहरूको आर्थिक अवस्था राम्रै हो। केही पैसा जोहो गरेर झापातिर घरेडी किन्ने सोचमा हुनुहुन्थ्यो भन्ने सुन्नमा आएको छ। आर्थिक कारणले नै उहाँहरूको हत्या भएको हुन सक्ने पनि आशंका गरिएको छ’, पाठकले भने।

तेजबहादुरका दुई छोरा र दुई छोरी रहेकोमा छोराहरू विदेशमा र दुई छोरीको बिहे भइसकेको पाठकले जानकारी दिए। ‘दुई छोरा विदेशमा छन्। हामीलाई घटनाको कारण त थाहा छैन। तर, पनि रिसइबी होला भन्ने शंका लागेको छ’, उनले भने। जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख डीएसपी लालध्वज सुवेदीको टोली घटनास्थल मादीतर्फ लागेको छ।

प्रकाशित: Sep 06, 2021| 13:32 सोमबार, भदौ २१, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।