बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • हिमा गाउँपालिका कोरोनामुक्त भएपछि भौतिक रूपमै विद्यालय सञ्चालन

हिमा गाउँपालिका कोरोनामुक्त भएपछि भौतिक रूपमै विद्यालय सञ्चालन

हिमा गाउँपालिकाले भौतिक रूपमै विद्यालयमा पठनपाठन सुरु गरेको छ।
 |  सोमबार, भदौ २१, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, भदौ २१, २०७८

जुम्ला- हिमा गाउँपालिकाले भौतिक रूपमै विद्यालयमा पठनपाठन सुरु गरेको छ। गाउँपालिकाले १५ भदौबाट सबै विद्यालय सञ्चालनमा ल्याएको हो। 

गाउँपालिकाको शिक्षा शाखा प्रमुख शंकर धितालले दुई क्षेत्रमा ८२ जनाको कोरोना परीक्षण गर्दा नतिजा नेगेटिभ आएको बताए। हिमा गाउँपालिका कोरोनारहित भएपछि कार्यपालिकाको बैठकको निर्णयअनुसार विद्यालय स्वास्थ्य मापदण्ड पालना गर्ने गरी खुलाइएको हो। 

जिल्ला प्रशासन कार्यालयले शिक्षा शाखा प्रमुखहरुको उपस्थितिमा विद्यालय सञ्चालन गर्ने आधारको विषयमा आयोजना गरेको बैठकमा विद्यालय सुरु गरिएको शाखा प्रमुख धितालले बताए।

स्थानीय तहको निर्णयअनुसार १५ भदौबाट आफ्नो विद्यालयमा स्वास्थ्य मापदण्ड पालना गरी खुलाइएको कालिका माध्यमिक विद्यालयका शिक्षक खम्बा शाहीले बताए। यसैगरी, जिल्लाका स्थानीय तहका शिक्षा शाखा प्रमुखहरुले कोरोना महामारीबीचमा शिक्षा क्षेत्रमा भइरहेका गतिविधि र विद्यालय सञ्चालन गर्ने विषयबारे छलफल गरेका छन्। 

प्रमुख जिल्ला अधिकारी विजयाकुमारी प्रसाईले शिक्षा शाखाले एक साताभित्र शिक्षा क्षेत्रको जोखिम प्रतिकार्य योजना ल्याउने निर्णय भएको जानकारी दिइन्। उनका अनुसार यसअघि जिल्ला कोभिड व्यवस्थापन समितिले निर्णय गरे पनि शिक्षा शाखालाई जिम्मेवारी दिएर एक सातामा जोखिम कार्ययोजनासहितको प्रतिवेदन पेस गर्ने निर्देशन गरिएको हो। 

बैठकमा शिक्षा शाखा प्रमुखहरुले शिक्षा क्षेत्र धरापमा परिसकेकाले स्वास्थ्य क्षेत्रको मापदण्ड पालना गरेर विद्यालय खुलाउनुपर्नेमा जोड दिएका छन्। उनीहरुले विद्यार्थीहरु मेला, पर्व र अन्य काममा जाने भएकाले त्यहाँभन्दा विद्यालयमै सुरक्षित हुनेमा सुझाव दिएका छन्। 

सरकारले स्मार्ट लकडाउन कार्यविधि २०७८ समेत बनाएको छ। स्वास्थ्यको मापदण्डअनुसार हरेक साता कोरोना परीक्षण गरेर एक सय जनामा परीक्षण गरेमा पाँचजनाभन्दा कममा पोजेटिभ आएमा मात्रै विद्यालय सुरु गर्न पाइने मापदण्ड रहेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाका अस्पताल निर्देशक डा. राजीव शाहले बताए। शिक्षा समन्वय एकाइ प्रमुख मकरबहादुर भण्डारीले खोप लगाउन छुटेका शिक्षकहरूलाई अनिवार्य खोप लगाउने व्यवस्था गर्न अनुरोध गरे।  -न्युज कारखाना

प्रकाशित: Sep 06, 2021| 13:17 सोमबार, भदौ २१, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।