बिहीबार, भदौ ४, २०८३

हत्याका अभियुक्त २७ वर्षपछि पक्राउ

कर्तव्य ज्यान मुद्दामा फरार रहेका एक जनालाई प्रहरीले २७ वर्षपछि पक्राउ गरेको छ।
 |  सोमबार, भदौ २१, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, भदौ २१, २०७८

भोजपुर- कर्तव्य ज्यान मुद्दामा फरार रहेका एक जनालाई प्रहरीले २७ वर्षपछि पक्राउ गरेको छ। भोजपुरको टेम्केमैयुङ गाउँपालिका–५ का ५३ वर्षीय मनकेशर राईलाई प्रहरीले पक्राउ गरेको हो।

२०५० सालमा सोही गाउँपालिका वडा नम्बर ७ का २५ वर्षीय राजधन राईको हत्या गरी उनी फरार भएका थिए। हत्या अभियोगमा जिल्ला अदालत भोजपुरले उनलाई तीन वर्ष कैद फैसला सुनाएको थियो।

पक्राउ परेका राईलाई जिल्ला अदालतमा उपस्थित गराए पश्चात कैद भुक्तानका लागि कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ। राईविरुद्ध परेको उजुरीका आधारमा अदालतले २०६१ सालमा कैद सजायको फैसला सुनाएको थियो।

प्रकाशित: Sep 06, 2021| 11:30 सोमबार, भदौ २१, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।