काठमाडौं- भारी वर्षाले काभ्रेको बनेपास्थित पुलबजार क्षेत्र डुबानमा परेको छ। पुण्यमाता खोला धनेश्वर पुलमाथिबाट बगेपछि यातायात अवरुद्ध भएको काभ्रेका प्रहरी प्रमुख प्रहरी उपरीक्षक भुपेन्द्र खत्रीले जानकारी दिए। खत्रीका अनुसार पुल भन्दा करिब दुईसय मिटरमाथिबाट पानी बगेको छ।
डुबानका कारण अरनिको राजमार्गमा यातायात अवरुद्ध छ। केही साना सवारीसाधन सडकमै डुबेको प्रहरीले जनाएको छ।
होचो भू-भागमा रहेका घर डुबानमा परेका छन्। खोला साँघुरिएको कारण पानीको सतह बढ्दा पुलबजार क्षेत्र सधै डुबानमा पर्ने गरेको छ।